पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए
कास्की । जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत हालसम्म ४१४ मोटरसाइकल र ३६ जनालाई नियन्त्रणमा लिएर कारबाही गरेको छ । मोटरसाइकलको स्वरूप परिवर्तन (मोडिफाई) गरी चर्को आवाज निकाल्ने, ध्वनि प्रदूषण फैलाउने तथा शान्ति सुव्यवस्थामा खलल पार्ने कार्य रोक्नका लागि प्रहरीले गत असोज २७ गतेदेखि ‘अपरेसन ३६५’ सञ्चालन गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी समेत रहेका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले अभियानका क्रममा पछिल्लो पटक चैत ९ गतेदेखि खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिकाका विभिन्न स्थानबाट थप १० वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएका सवारी साधनमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको बस्नेतले बताए ।
उनका अनुसार स्वरूप परिवर्तन गरेका मोटरसाइकलबाट सहरमा आतङ्क सिर्जना भएको गुनासोपछि यो अभियान सञ्चालन गरेको हो । “देशको पर्यटकीय राजधानीसमेत रहेको पोखरामा मोडिफाइ गरिएका मोटरसाइकलबाट आतङ्क सिर्जना गर्ने कार्य भएपछि यो अभियान सुरु गरेका हौँ । अहिले अभियानसँगै प्रहरीले सहर तथा ग्रामीण क्षेत्र दुबैमा यस्ता गतिविधि रोक्न विशेष निगरानी बढाउँदै लगेको छ । वैध रूपमा परिवर्तन गरिएका मोटरसाइकलको जानकारी नजिकैको प्रहरी कार्यालयमा जानकारी दिन नागरिकलाई अनुरोध समेत गरेका छौँ,” प्रहरी नायब उपरीक्षक बस्नेतले भने ।
सवारीसाधन धनीले आफ्नो साधन ‘मोडिफाई’ नगरी पूर्ववत् असली स्वरूपमा चलाउन र मोडिफाई गर्ने कार्यमा ग्यारेज, वर्कसप र रिकन्डिसन हाउस सञ्चालकले समेत उक्त कार्य नगर्न/नगराउन पनि प्रहरीले अनुरोध गरेको छ । सवारी मोडिफाई गरी चलाइएको पाइएमा सवारीसाधन धनी र उक्त कार्यमा संलग्न व्यक्तिलाई कानुनबमोजिम कारबाही हुने प्रनाउ बस्नेतले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्सेको सिस्टममा समस्या हुँदा परिसूचकमा १००० अंक गिरावट देखियो
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण