नेपाल प्रहरी र सशस्त्रका ८ अधिकारीलाई कारबाही सिफारिस
सारांश
- गौरीबहादुर कार्की नेतृत्वको आयोगले जेनजी आन्दोलनबारे जाँचबुझ गरी प्रहरी र सशस्त्रका ८ अधिकारीलाई कारबाहीको सिफारिस गरेको छ।
- आयोगको प्रतिवेदनमा नेपाल प्रहरीका ५ र सशस्त्र प्रहरीका ३ जना गरी ८ जना अधिकारीमाथि कारबाही सिफारिस गरिएको छ।
- सिफारिस गरिएका प्रहरी अधिकारीहरूमा उच्च पदस्थ व्यक्तिहरू समेत रहेका छन्, र उनीहरूलाई कानुनबमोजिम कारबाही गर्नुपर्ने उल्लेख छ।
काठमाडौँ । जेनजी आन्दोलनबारे जाँचबुझ गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको आयोगले नेपाल प्रहरी र सशस्त्र प्रहरीका ८ जना अधिकारीलाई कारबाही गर्न सिफारिस गरेको छ । आयोगले सरकारलाई बुझाए पनि गोप्य नै राखिएको उक्त प्रतिवेदनमा नेपाल प्रहरीका ५ र सशस्त्र प्रहरीका ३ जना गरी ८ जना अधिकारीमाथि कारबाहीको सिफारिस गरेको पाइएको हो ।
जनआस्थाले केही अंशसहित सार्वजनिक गरेको प्रतिवेदनमा नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक सिद्धिविक्रम शाह, प्रहरी नायव महानिरीक्षक ओमबहादुर राना, प्रहरी नायव महानिरीक्षक विश्व अधिकारी, प्रहरी वरिष्ठ उपरीक्षक दीपशम्शेर जबरा र प्रहरी उपरीक्षक ऋषिराम कँडेललाई कारबाही सिफारिस गरिएको हो ।
त्यस्तै, सशस्त्र प्रहरीतर्फ सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेल, अर्का सशस्त्र प्रहरी नायव महानिरीक्षक सुरेशकुमार श्रेष्ठ, र सशस्त्र प्रहरी उपरीक्षक जीवन केसीलाई आयोगले कारबाही सिफारिस गरेको हो । उनीहरूलाई कानुनबमोजिम कारबाही गर्नुपर्ने अवस्था देखिन आएको आयोगले उल्लेख गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोटेश्वरमा कारले ४ वटा मोटरसाइकललाई ठक्कर दियो, ५ जना घाइते
-
एमालेले भन्यो- सरकारले विष्णु पौडेललाई अपहरणको शैलीमा गिरफ्तार गर्यो, यो प्रतिशोधको पराकाष्ठा हो
-
८ किलोमिटर बाटो नबनेपछि गण्डकी प्रदेशबाटै छुट्टिने निर्णयमा पुगे त्रिवेणीवासी
-
बाहुनडाँगीमा हात्ती नियन्त्रण गर्न ‘टास्कफोर्स’ परिचालन
-
साढे १३ लाखभन्दा बढी पुगे व्यावसायिक फर्म, सात वर्षमा सवा ४ लाख थपिए
-
रास्वपा महाधिवेशन: प्रतिनिधि कार्ड वितरणमा ढिलाइ भएपछि बन्द सत्र स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण