दक्षिणी लेबनानमा इजरायली आक्रमण, ६ जनाको मृत्यु, ३४ घाइते
काठमाडाैँ । दक्षिणी लेबनानका विभिन्न क्षेत्रलाई लक्षित गरी भएको इजरायली हवाई आक्रमणको कारण बुधबार ६ जनाको मृत्यु हुनुका साथै ३४ जना घाइते भएको लेबनानको जनस्वास्थ्य मन्त्रालयले जनाएको छ ।
टायर सहरको अल–कलामलाई लक्षित गरी गरेको हवाई आक्रमणको कारण २४ जना घाइते भएको मन्त्रालयले जनाएको छ । देशको दक्षिणमा रहेको आवासीय अपार्टमेन्टमा भएको हवाई आक्रमणमा दुई जनाको मृत्यु भएको हुनुका साथै अन्य चार जना घाइते भएको विज्ञप्तिमा उल्लेख छ ।
एड्लुनको सिडोन जिल्लामा भएको इजरायली हवाई आक्रमणमा चार जनाको मृत्यु हुनुका साथै अर्का एक जना घाइते भएको जनाइएको छ । टायर जिल्लाको अल–क्लैलाहा सहरलाई लक्षित गरी गरिएको अर्को आक्रमणमा पाँच जना घाइते भएको उल्लेख छ ।
मानवीय र सुरक्षा अवस्था बिग्रँदै गएको चेतावनीसहित दक्षिणी क्षेत्रमा जारी तनावको बिचमा यी हवाई आक्रमणहरू भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण