आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

बागलुङमा ९ महिनामा १८ क्षयरोगीको मृत्यु

बुधबार, ११ चैत २०८२, १८ : ५०
बुधबार, ११ चैत २०८२

बागलुङ । बागलुङमा चालु आर्थिक वर्षको ९ महिनामा १८ जना क्षयरोगीको मृत्यु भएको छ।

प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले सङ्क्रमित व्यक्तिले समयमा उपचार नगर्दा समुदायमा सङ्क्रमण फैलिएसँगै मृत्युदर पनि बढ्को जनाएको छ । गत वर्ष २६४ जना सङ्क्रमति हुँदा १९ जनाको मृत्यु भएको जनस्वास्थ्य कार्यालयका क्षयरोग निरीक्षक देवप्रकाश घिमिरेले जानकारी दिए। यसवर्ष १४४ सङ्क्रमित हुँदा हालसम्म अठार जनाले ज्यान गुमाएका हुन्।

घिमिरेका अनुसार मृत्यु हुनेमा सबैभन्दा बढी गलकोट नगरपालिकाका छन् । गलकोटमा आठ जना संक्रमितको मृत्यु भएको छ । बडिगाड गाउँपालिकामा पाँच, ढोरपाटन नगरपालिकामा दुई, निसीखोला, काठेखोला गाउँपालिका र बागलुङ नगरपालिकाका एक/एकजना रहेको उनले जानकारी दिए।

प्रदेश जनस्वास्थ्य कार्यालयले परीक्षणको दायरा बढाउँदै जाँदा सङ्क्रमित फेला पर्न थालेको घिमिरेले बताए । विकट बस्तीसम्म क्षयरोगसम्बन्धी जनचेतना नपुग्दा सङ्क्रमक्रण न्यूनीकरण गर्न समस्या भएको उहाँको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप