कांग्रेस बैठक : १५औँ महाधिवेशन आगामी असोजमा गर्ने निर्णय
सारांश
- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन आगामी असोज १६, १७ र १८ गते काठमाडौंमा गर्ने निर्णय गरेको छ।
- महाधिवेशन अन्तर्गत भदौ ३ गतेबाट वडा अधिवेशन सुरु हुने कांग्रेसले जनाएको छ।
- बैठकले संविधान संशोधनका लागि पार्टीको नेतृत्वमा सर्वपक्षीय छलफल अघि बढाउने निर्णय गरेको छ।
काठमाडाैँ । नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन आगामी असोजमा गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय सानेपामा बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले १५ औ महाधिवेशन आगामी असोज १६, १७ र १८ गते काठमाडौँमा गर्ने गरी मिति संशोधनसहित पारित गरेको हो ।
महाधिवेशन अन्तर्गत भदौ ३ गतेबाट वडा अधिवेशन सुरु हुने कांग्रेसले जनाएको छ । यसअघि मंगलबारको बैठकमा सभापति गगनकुमार थापाले भदौमा महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए ।
बैठकले महाधिवेशनको प्रक्रिया आरम्भ गर्दै यसका लागि वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काको अध्यक्षतामा निर्वाचन समिति बनाइएको प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।
प्रवक्ता चालिसेले बैठकले संविधान संशोधनका लागि पार्टीको नेतृत्वमा सर्वपक्षीय छलफल अघि बढाउने निर्णय गरेको जानकारी दिए । उनले नयाँ बन्ने सरकारलाई सुशासन र प्रगतिमा सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गरिएको पनि बताए ।
बैठकले पार्टीका भातृ तथा शुभेच्छुक संस्थालाई क्रियाशील बनाउन महामन्त्रीद्वयको संयोजकत्वमा अध्ययन समिति बनाइएको उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन : आज निर्वाचन प्रक्रिया अघि नबढ्ने
-
२० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर नै चोरी !
-
व्यापार घाटा १५.६७ प्रतिशतले बढ्यो, १५७ मध्ये १२३ देशसँग घाटा
-
नाचगानमा रास्वपा महाधिवेशन प्रतिनिधि (भिडियाेसहित)
-
विश्वकपमा केप भर्डेको सनसनी, इतिहास रच्ने संघारमा
-
इजरायली प्रधानमन्त्रीका दाजु ५० वर्षअघि कुन मिसनमा मारिएका थिए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण