अमेरिकाको युद्धविराम प्रस्ताव इरानद्वारा अस्वीकार: युद्ध अन्त्यका लागि राख्यो ५ सर्त
सारांश
- अमेरिकाको १५ बुँदे युद्धविराम प्रस्ताव इरानले अस्वीकार गरेको छ।
- इरानले युद्ध अन्त्यका लागि आफ्ना ५ वटा सर्तहरू अघि सारेको छ, जसमा आक्रमण रोक्नुपर्ने लगायत छन्।
- इरानले युद्धको क्षतिपूर्ति, क्षेत्रीय युद्धको अन्त्य र हर्मुजमा अधिकारको ग्यारेन्टीको माग गरेको छ।
काठमाडौँ । अमेरिकाले अघि सारेको १५ बुँदे युद्धविराम प्रस्तावलाई इरानले अस्वीकार गरेको छ । इरानको सरकारी टेलिभिजन प्रेस टिभीका अनुसार, तेहरानले अमेरिकाको प्रस्तावलाई अस्वीकार गर्दै युद्ध अन्त्यका लागि आफ्ना ५ वटा सर्तहरू अघि सारेको छ ।
एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै प्रेस टिभीले भनेको छ, ‘इरानले युद्ध आफ्नै सर्तहरूमा मात्र अन्त्य गर्नेछ ।’ इरानी अधिकारीहरूले आफूहरू केवल अस्थायी युद्धविराम मात्र नभई युद्धको पूर्ण अन्त्य चाहेको स्पष्ट पारेका छन् ।
इरानले राखेका ५ सर्तहरू यस प्रकार छन्:
- आक्रमण र हत्याको अन्त्य: शत्रु पक्षबाट भइरहेका आक्रमण र लक्षित हत्याहरू पूर्ण रूपमा रोकिनुपर्ने ।
- युद्ध नथोपिने ग्यारेन्टी: भविष्यमा इरानमाथि पुनः युद्ध नथोपिने गरी ठोस समाधान खोजिनुपर्ने ।
- युद्धको क्षतिपूर्तिः युद्धबाट भएको भौतिक तथा मानवीय क्षतिको मुआब्जा ग्यारेन्टी गरिनुपर्ने र त्यसको भुक्तानी हुनुपर्ने ।
- क्षेत्रीय युद्धको अन्त्य: सबै मोर्चाहरूमा र यस क्षेत्रमा संलग्न रहेका सबै समूहहरूका लागि युद्ध पूर्ण रूपमा अन्त्य हुनुपर्ने ।
- स्ट्रेट अफ हर्मुजमा अधिकारः रणनीतिक महत्त्वको स्ट्रेट अफ हर्मुजमा इरानको अधिकार रहने कुराको अन्तर्राष्ट्रिय मान्यता र ग्यारेन्टी मिल्नुपर्ने ।
मुम्बईस्थित इरानी वाणिज्य दूतावासले पनि सामाजिक सञ्जाल एक्स मार्फत यी सर्तहरूबारे जानकारी दिएको छ ।
यसअघि अमेरिकी र इजरायली सञ्चारमाध्यमहरूले अमेरिकाले युद्धविरामका लागि इरानलाई १५ बुँदे योजना सुम्पिएको दाबी गरेका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान सम्झौता गर्न इच्छुक रहेको दाबी गरे पनि इरानले त्यसलाई अस्वीकार गर्दै आएको छ ।
इरानी विदेशमन्त्री अब्बास अरागचीले यसअघि नै इरानले युद्ध सुरु नगरेको बताउँदै आएका छन् । प्रेस टिभीका अनुसार वासिङ्टनले विभिन्न कूटनीतिक माध्यमबाट कुराकानीको प्रयास गरिरहेको भए पनि तेहरानले ती प्रस्तावहरूलाई स्वीकारयोग्य ठानेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण