रसुवामा कन्टेनर दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते
बुधबार, ११ चैत २०८२, २२ : ५३
सारांश
- रसुवाको ग्राङजुङ डाँडामा कन्टेनर दुर्घटना हुँदा एक जनाको मृत्यु भयो र एक घाइते भए।
- दुर्घटनाग्रस्त कन्टेनर केरुङतर्फ जाँदै थियो र करिब १५० मिटर तल खसेको थियो।
- घाइते भएका चालक पासाङको उपचारको क्रममा मृत्यु भयो र अर्का घाइतेको उपचार भइरहेको छ।
रसुवा । जिल्लाको कालिका गाउँपालिका–१ ग्राङजुङ डाँडास्थित पासाङल्हामु मार्गमा बुधबार साँझ कन्टेनर दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
चिनियाँ सामग्री लिनका लागि केरुङतर्फ जाँदै गरेको ना६ख ५४९८ नम्बरको कन्टेनर दक्षिणी रसुवाको कालिकास्थानबाट धुन्चेतर्फ जाने क्रममा अनियन्त्रित भई करिब एक सय ५० मिटर तल खसेको थियो ।
दुर्घटनापछि इलाका प्रहरी कार्यालय कालिकास्थानबाट खटिएको टोलीले चालकसहित दुई जनालाई उद्धार गरी उपचारका लागि नुवाकोटको त्रिशूली अस्पताल पठाएको थियो । उपचारका क्रममा कालिका गाउँपालिका–१ निवासी अन्दाजी ३९ वर्षीय चालक पासाङनुर्पु थोक्रा (पासाङ) को मृत्यु भएको जिल्ला प्रहरीका सूचना अधिकारी रमेश रायले जानकारी दिए ।
दुर्घटनामा घाइते भएका सोही स्थानका पेम्बाछिरिङ तामाङको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खण्डहर देउवा निवासमा टाँसियो अख्तियारले आरजुलाई बयानमा बोलाएको पत्र, तस्बिरहरू
-
युद्धकालीन उच्चबिन्दुभन्दा ३५ डलर तल झर्यो तेल
-
आगामी मौद्रिक नीतिका लागि उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशको १२ बुँदे सुझाव
-
ट्र्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार वृद्धको मृत्यु
-
आचारसंहिताभित्र रहेर निर्वाचन प्रक्रियामा सहभागी हुन रास्वपाको निर्देशन
-
संसदीय समितिमा उद्योगमन्त्रीकाे आलाेचना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण