उच्च शिक्षाका लागि अमेरिका र क्यानडा जाने चाहने विद्यार्थीका लागि काठमाडौँमा विशेष ‘ग्लोबल करियर समिट’
सारांश
- काठमाडौंमा अमेरिका र क्यानडामा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूका लागि 'इन्टरनेशनल एण्ड ग्लोबल करिअर समिट २०२६' आयोजना हुने भएको छ।
- उक्त समिटमा एमपावरका विशेषज्ञहरूले विद्यार्थीहरूलाई शैक्षिक ऋण व्यवस्थापन र वित्तीय योजनाबारे मार्गदर्शन गर्नेछन्।
- कार्यक्रममा विद्यार्थी र अभिभावक दुवैलाई लक्षित विशेष सत्रहरू, आइसब्रेकर गतिविधि, र हाजिरीजवाफ प्रतियोगिता पनि हुनेछन्।
काठमाडौँ । अमेरिका र क्यानडामा उच्च शिक्षा हासिल गर्न चाहने नेपाली विद्यार्थीहरूलाई लक्षित गर्दै काठमाडौँमा ‘इन्टरनेशनल एण्ड ग्लोबल करिअरसमिट २०२६’ आयोजना हुने भएको छ ।
अर्बिट इन्टरनेशनल एजुकेशन र स्ट्र होल्डिङ्सको संयुक्त आयोजनामा हुने उक्त कार्यक्रम अमेरिकास्थित एमपावर फाइनान्सिङ कम्पनीको सहकार्यमा सञ्चालन हुन लागेको हो । एमपावरले अमेरिका र क्यानडा पढ्न चाहने विद्यार्थीका लागि विना धितो शैक्षिक ऋण प्रदान गर्छ ।
आगामी चैत २४ गते काठमाडौंको नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म सो समिट सञ्चालन हुने स्ट्र होल्डिङ्सले जनाएको छ । कार्यक्रमको मुख्य आकर्षणका रूपमा एमपावरका अन्तर्राष्ट्रिय विशेषज्ञहरू सहभागी हुनेछन् । विदेश अध्ययनका क्रममा देखिने आर्थिक चुनौती, विशेष गरी शैक्षिक ऋण व्यवस्थापनका विषयमा उनीहरूले विद्यार्थीहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने आयोजकले जनाएको छ ।
विशेषज्ञहरूले धितो बिना शैक्षिक ऋण कसरी प्राप्त गर्न सकिन्छ भन्नेबारे जानकारी दिनुका साथै अमेरिका र क्यानडामा अध्ययनका लागि आवश्यक वित्तीय योजना कसरी बनाउने भन्ने विषयमा पनि स्पष्ट मार्गदर्शन गर्ने बताइएको छ ।
विदेश अध्ययन केवल विद्यार्थी मात्र नभई अभिभावकको समेत महत्त्वपूर्ण निर्णय हुने भएकाले कार्यक्रममा दुवै पक्षलाई लक्षित विशेष सत्रहरू राखिएको आयोजकले जनाएको छ ।
विदेशमा बसाइँका क्रममा सुरक्षा, स्वास्थ्य बीमा, र विद्यार्थीहरूको जीवनशैली व्यवस्थापनबारे जानकारी दिइने छ । साथै, अध्ययनपछिका अवसरहरू जस्तै अमेरिकाको व्यवहारिक वैकल्पिक प्रशिक्षण र क्यानडाको वर्क परमिट प्रणाली—का फाइदाबारे पनि छलफल हुनेछ ।
यसका साथै, समिटलाई अझ रोचक बनाउन एमपावरले ‘आइसब्रेकर’ गतिविधि र ‘कहुट’ हाजिरीजवाफ प्रतियोगिता पनि आयोजना गर्नेछ । जहाँ सहभागीहरूले आकर्षक उपहार जित्न सक्नेछन् । प्रारम्भिक रूपमा सहभागी हुनेहरूलाई पावर बैंक र थर्मल टम्बलर उपहार दिइनेछ भने एक जना भाग्यशाली सहभागीले आई प्याड जित्ने अवसर पाउनेछन् । समिटमा सहभागी हुन कुनै शुल्क लाग्ने नलाग्ने तर, सीमित सिटका कारण इच्छुक विद्यार्थी र अभिभावकले अग्रिम दर्ता गर्नुपर्ने आयोजकले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्च अदालतद्वारा सुनुवाइको ‘लाइभ स्ट्रिमिङ’ परीक्षण
-
ट्राफिक नियम उल्लङ्घनको अभियोगमा हर्क साम्पाङलाई के भयो कारबाही ?
-
गुजरात जिएम चेसमा पुरूषोत्तम सिलवाल उत्कृष्ट विदेशी दोश्रो खेलाडी घोषित
-
रास्वपा जिल्ला अधिवेशन : मधेसमा सुल्झिएन विवाद, महिलाको उपस्थिति कमजोर
-
सुदूरपश्चिम मन्त्रिपरिषद् पुनर्गठनमा ढिलाइ, शपथका लागि पुगेकाहरू डेढ घण्टादेखि प्रतीक्षामा
-
मन्त्री छनाेटलाई लिएर एमाले सुदूरपश्चिममा विवाद, कार्यालयमा लगाइयाे ताला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण