कार्की आयोगले २४ गतेलाई विस्मृतिमा धकेल्न खोजे पनि सम्भव छैन : गोकुल बास्कोटा
बिहीबार, १२ चैत २०८२, ०९ : ३७
सारांश
- एमाले नेता गोकुल बास्कोटाले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदनको आलोचना गरे।
- उनले भदौ २४ गतेको घटनालाई विस्मृतिमा धकेल्न खोजेको आरोप लगाए।
- बास्कोटाले इतिहासले जवाफ मागेका पात्र र प्रवृत्तिले जवाफ दिनुपर्ने बताए।
काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदनले भदौ २४ गतेको विध्वंसात्मक घटनालाई विस्मृतिमा धकेल्न खोजेको टिप्पणी गरेका छन् ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वले तयार पारेको प्रतिवेदनबारे बास्कोटाले इतिहासले जवाफ मागेका पात्र र र प्रवृत्ति कठघरामा उभिएर जवाफ दिने भएपनि त्यो एकतर्फी नहुने बताएका छन् ।
‘इतिहासले जवाफ मागेका पात्र र प्रवृत्तिले कठघरामा उभिएर जवाफ त देलान् नै । तर त्यो एकतर्फी हुन सक्दैन । र,घटनाहरूमा स्वतन्त्र कारण रहे पनि देखापरिसक्दा ती एक्ला हुँदैनन्’, सामाजिक सञ्जालमा बिहीबार बास्कोटाले लेखेका छन्, ‘कारण,परिणाम र प्रभाव मात्र हैन अर्को पक्ष पनि सँगै भएकै हुन्छ । कार्की आयोगले २४ गते विस्मृतिमा धकेल्न खोजे पनि सम्भव छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
-
१३ प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिवकाे सरुवा, काे कहाँ ? (सूचीसहित)*
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण