कुकुर र मानवबिचको मित्रताको कथा बदल्ने एउटा बङ्गारा : १५ हजार वर्ष पुरानो रहस्य खुल्यो
सारांश
- सोमर्सेटको गुफामा भेटिएको बङ्गाराले कुकुर र मानिसबीचको सम्बन्ध १५ हजार वर्ष पुरानो रहेको पुष्टि गर्यो।
- डीएनए विश्लेषणले यो बङ्गारा संसारकै पुरानो कुकुरको रहेको र यसले कुकुरको विकासको समयलाई पछाडि धकेलेको देखाउँछ।
- अनुसन्धानले ढुङ्गे युगका मानिस र कुकुरको गहिरो सम्बन्ध र उनीहरूले एउटै प्रकारको खाना खाने गरेको तथ्य पत्ता लगायो।
लण्डन । लण्डन सोमर्सेटस्थित एउटा गुफाको गहिराइमा भेटिएको एउटा सानो बङ्गाराले मानव र कुकुरबिचको सम्बन्धको इतिहासलाई पूर्ण रूपमा बदलिदिएको छ। डीएनए विश्लेषणका अनुसार यो बङ्गारा संसारकै सबैभन्दा पुराना घरपालुवा कुकुरहरूमध्ये एकको हो।
यस खोजले बेलायतमा मानिसहरूले आजभन्दा १५ हजार वर्षअघि नै कुकुरसँग निकै नजिकको सम्बन्ध बनाएर बसेको तथ्य पुष्टि गरेको छ। यो समय कृषि युगको सुरुवात हुनु वा बिरालाहरू मानव घरमा प्रवेश गर्नुभन्दा हजारौँ वर्ष अघिको हो।
नेचुरल हिस्ट्री म्युजियमका डा. विलियम मार्शका अनुसार यस खोजले जङ्गली ब्वाँसोबाट कुकुरको विकास भएको समयलाई करिब ५ हजार वर्ष पछाडि धकेलिदिएको छ। हिमयुगको अन्त्यतिर मानव बस्ती वरिपरि घुम्ने खैरो ब्वाँसाहरू बिस्तारै मानिसले फालेका खानेकुरा खाँदै मानिससँग घुलमिल हुन थालेका थिए।
सयौँ पुस्ताको प्रजननपछि यी जनावरहरू सिकार गर्न, पहरेदारी गर्न र सुँघेर बाटो पत्ता लगाउन प्रयोग हुन थाले। कालान्तरमा तिनै ब्वाँसाहरू छोटा मुख र साना दाँत भएका विभिन्न आकारका कुकुरमा परिणत भए।
रोचक कुरा त के छ भने यो महत्त्वपूर्ण बङ्गारा सन् १९२० को दशकमा चेदर गर्जस्थित गफ्स केभबाट उत्खनन गरिएको थियो। दशकौँसम्म यो हड्डीलाई सामान्य ठानेर म्युजियमको घर्रामा थन्काइएको थियो।
आफ्नो पीएचडी प्रोजेक्टका क्रममा डा. मार्शले संयोगवश एउटा पुरानो अनुसन्धान पत्र फेला पारे, जसले यो हड्डी कुकुरको हुन सक्ने सङ्केत गरेको थियो। उनले यसको आनुवंशिक परीक्षण गर्दा नतिजा सोचेभन्दा पनि आश्चर्यजनक आयो। यो कुनै ब्वाँसो नभई स्पष्ट रूपमा कुकुरकै हड्डी भएको प्रमाणित भयो।
यस अनुसन्धानमा अक्सफोर्ड विश्वविद्यालय र एलएमयू म्युनिखका डा. लाची स्कार्सब्रुकले पनि सहकार्य गरेका छन्। यो सानो बङ्गाराको डीएनए फेला परेपछि युरोप र टर्कीका अन्य पुराना नमुनाहरूसँग तुलना गर्दा ती सबै पनि कुकुरकै भएको खुल्यो। अहिलेसम्म वैज्ञानिकहरूले ब्वाँसो र कुकुरबिचको भिन्नता छुट्याउन नसकेर अलमलमा परेका धेरै नमुनाहरूलाई यसले स्पष्ट पारिदिएको छ।
नेचुरल हिस्ट्री म्युजियमकी डा. सेलिना ब्रेसका अनुसार आनुवंशिक र रासायनिक विश्लेषणले अर्को एउटा अचम्मको तथ्य पनि बाहिर ल्याएको छ। टर्कीदेखि बेलायतसम्मका ती प्राचीन कुकुरहरूले आफ्ना मालिकले जे खान्थे, त्यही खाना खाने गरेको पाइयो।
टर्कीका कुकुरहरूले मानिससँगै माछा र बेलायतका कुकुरहरूले मानिसले जस्तै मासु र वनस्पति खाने गरेको देखिएको छ। यसले के देखाउँछ भने ढुङ्गे युगका मानिस र कुकुरबिचको साझेदारी हामीले सोचेभन्दा धेरै गहिरो र भावनात्मक थियो। यो खोज नेचर जर्नलमा प्रकाशित भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती टी–२० कप : उपाधिका लागि चितवन र काठमाडौँ भिड्ने
-
लुम्बिनी मन्त्रिपरिषद् बैठक निर्णय : स्वास्थ्यमन्त्री घिमिरेलाई प्रवक्ताकाे जिम्मेवारी
-
कर्णालीमा रास्वपा : डोल्पा बाहेक सबैतिर वडादेखि जिल्लाको नेतृत्व चयन
-
इप्पानको विधान संशोधन सम्बन्धी विवाद समाधान: जेठ २९ गते अधिवेशन
-
११ उपमहानगरलाई ११ अर्ब ४८ करोड अनुदान, जनकपुरलाई सबैभन्दा धेरै, समानीकरणमा घोराही अगाडि
-
अपाङ्गता देखेर गाडीले रोकेन, अब निःशुल्क यात्रा गर्नेछन् कृष्णले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण