बुधबार, २७ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

निष्पक्ष छानबिनका लागि कार्की आयोग बनेको होइन भन्ने प्रतिवेदनले पुष्टि गरेको छ : शङ्कर पोखरेल

बिहीबार, १२ चैत २०८२, १० : २९
बिहीबार, १२ चैत २०८२

सारांश

  • एमाले महासचिव शङ्कर पोखरेलले भदौ २३ र २४ गतेको आन्दोलनको निष्पक्ष छानबिन नभएको बताए।
  • उनले गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन एकपक्षीय भएको आरोप लगाए।
  • पोखरेलले निर्वाचन र जाँचबुझ आयोगको प्रतिवेदनले नेपाली राजनीतिमा नयाँ मोड ल्याएको बताए।

काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले भदौ २३ र २४ गतेको आन्दोलनको निष्पक्ष छानबिनका लागि गौरीबहादुर कार्की नेतृत्वको आयोग नबनेको प्रतिवेदनले पुष्टि गरेको टिप्पणी गरेका छन् । 

कार्की आयोगको प्रतिवेदन एकपक्षीय भएको टिप्पणी भइरहेका बेला महासचिव पोखरेलले पनि त्यसैलाई बल पुग्नेगरी टिप्पणी गरेका हुन् ।  

‘कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने धारणा आयोगको प्रतिवेदनले नै पुष्टि गरेको छ’, महासचिव पोखरेलले बिहीबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘कार्की आयोग र आम निर्वाचन ०८२ अल्गोरिदममार्फत नेपाली समाजमा परेको प्रभावलाई राजनीतिक र कानुनी वैधानिकता दिने प्रयास थियो भन्ने कुरा स्पष्ट छ । सोही अनुसारको निर्वाचनको परिणाम र आयोगको प्रतिवेदन आएको छ ।’

महासचिव पोखरेलले निर्वाचन र जाँचबुझ आयोगको प्रतिवेदनसँगै नेपाली राजनीति नयाँ मोडतर्फ अग्रसर भएको पनि बताएका छन् । 

अल्गोरिदमको प्रयोगबाट लोकप्रियतावाद, अराजकतावाद र अवसरवादको मिश्रणबाट नयाँ शक्तिको उदय भएको भन्दै पोखरेलले अबको बाटो सजिलो हुन नरहेकाले राष्ट्र लोकतन्त्र दुवैले केही समय चुनौतीको सामना गर्नुपर्ने देखिएको बताएका छन् । 

‘यस्तो अवस्थामा, ‘नयाँ शक्ति’ र ’नेतृत्व’लाई उनीहरूको दृष्टिकोणअनुसार काम गर्ने अवसर दिनु र जनतालाई प्रत्यक्ष अनुभवमार्फत मूल्याङ्कन गर्न दिनु नै सम्भवतः विवेकपूर्ण कदम हुन सक्छ’, महासचिव पोखरेलले भनेका छन्,‘तर पनि सत्य कुरा के हो भने– लोकप्रियतावाद, अराजकतावाद र अवसरवाद आजका चुनौतीहरूको समाधानको बाटो होइन र विचारधारात्मक राजनीतिको दीर्घकालीन विकल्प पनि होइन ।’

ssss

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप