कोशी प्रदेश सरकारले गर्यो विभिन्न निर्णय
सारांश
- कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश भवन नियमावली २०८२ स्वीकृत गर्यो।
- बैठकले २०८३ सालका सार्वजनिक बिदा र विपद् कोषमा १५ करोड रुपैयाँ जम्मा गर्ने निर्णय गर्यो।
- विभिन्न पर्व र समुदाय विशेषका लागि सार्वजनिक बिदा दिने निर्णय पनि बैठकले गरेको छ।
विराटनगर । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ। कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीका अनुसार बैठकले प्रदेश भवन नियमावली २०८२ स्वीकृत गर्ने लगायतका निर्णय गरेकाे हाे ।
त्यस्तै, सरकारले २०८३ सालमा दिने सार्वजनिक सार्वजनिक बिदा पनि स्वीकृत गरेको छ। वित्तीय समानीकरण अनुदान र सवारी साधन कर बाँडफाँडको निर्धारण गरिएको सीमा स्वीकृत गर्ने निर्णय पनि आजको बैठकले गरेको छ।
गत असोज १८ र १९ गते बाढी पहिरो साथै चैत्र १ र २ गते आएको हावा हुन्डरीबाट क्षति भएको क्षेत्रमा पुनर्निर्माण गर्नका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा रहेको विपद् कोषमा १५ करोड रुपैयाँ जम्मा गर्ने निर्णय पनि गरिएको मन्त्री पराजुलीले जानकारी दिए ।
प्रदेशभर हुने सार्वजनिक बिदाको विषयमा पनि निर्णय भएको उनले बताए । सिरुवा पर्व (वैशाख २), कोजाग्रत पूर्णिमा (कात्तिक ८), फाल्गुनन्द जयन्ती (कात्तिक २५), छठ पर्व समापन (कात्तिक ३०), राधाकृष्ण रथयात्रा (भदौ २०), झापा मोरङ सुनसरी उदयपुर, प्रदेशभर महिलालाई मात्र हुने सार्वजनिक बिदा (भदौ ३० मङ्गलबार ऋषिपञ्चमी), विभिन्न जातजातिलाई र समुदायलाई मात्र हुने सार्वजनिक बिदा (धिमाल जातिको सिरिजात असार २), झाँगडहरूको करमपूजा (असोज ६), कुलुङ राई जातिको (पुस १५ ), सन्थाल समुदायको सोहराय (फागुन ८) र माझी समुदायको लदी पूजा (१८ फागुन) बिदा दिने निर्णय पनि बैठकले गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
-
जारी विश्वकपमा अर्जेन्टिनाका ‘वान म्यान आर्मी’ मेसीः टोलीका सबै ४ गोल उनकै नाममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण