जनताको मुद्दा अघि बढाउन राप्रपाले सहयोग गर्छ : शाही
बिहीबार, १२ चैत २०८२, १५ : २४
सारांश
- राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले देश र जनताको मुद्दालाई अघि बढाउन पार्टीको सहयोग रहने बताए।
- उनले भ्रष्टाचार अन्त्य र सुशासन कायम गर्न पार्टीले सहयोग गर्ने बताए।
- सांसद शाहीले दुई तिहाइ नजिकको सरकारलाई खबरदारी गर्ने र दोषीलाई कारबाही गर्नुपर्नेमा जोड दिए।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले देश र जनताको मुद्दालाई अघि बढाउन आफ्नो पार्टीको सहयोग हुने बताएका छन् ।
बिहीबार संसद् भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै शाहीले मुलुकमा भ्रष्टाचार अन्त्यका साथै सुशासन कायम गर्नेसहित देश र जनताको मुद्दालाई अघि बढाउन आफ्नो पार्टीको सहयोग हुने बताएका हुन् ।
उनले अबको संसद् पहिलेको संसद् जस्तो नहुने आफ्नो विश्वास रहेको बताए । उनले अब बन्ने करिव दुई तिहाइ नजिकको सरकारलाई राप्रपाले सदैव खबरदारी गरिरहने धारणा राखे ।
उनले जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्दै जोसुकै भएपनि कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
चार दशकपछि अव्यवस्थित बसोबासीको हातमा लालपुर्जा
-
कोशी प्रदेशको कुल आय ६ वर्ष यताकै कम, अघिल्लो वर्षको तुलनामा ३ अर्ब २८ करोडले घट्यो
-
२०२७ को एसेज शृङ्खलाका कुनै पनि टेस्ट उत्तरी इङ्गल्यान्डमा नहुने
-
ट्रम्पद्वारा दर्जनौँ देशमाथि नयाँ दोहोरो अंकको भन्सार शुल्क लागू गर्ने घोषणा
-
के पछि पनि हुन सक्छ डेंगु ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण