अमेरिकासँग वार्तामा संलग्न छन् क्युबाका पूर्वराष्ट्रपति क्यास्ट्रो
काठमाडौँ । क्युबाका पूर्वराष्ट्रपति राउल क्यास्ट्रो अमेरिकासँग चलिरहेको वार्तामा संलग्न रहेको क्युबाले जनाएकाे छ ।
क्युबाका राष्ट्रपति मिगुएल डियाज–क्यानेल यसकाे पुष्टि गरेका हुन् ।
द्विपक्षीय तनाव बढेका बेला आएको डियाज–क्यानेलको यो अभिव्यक्ति आएको हो । वार्ता प्रारम्भिक चरणमा रहेको र राष्ट्रिय स्तरमा जारी ब्ल्याकआउट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प द्वारा लागू गरिएको तेल नाकाबन्दीका कारण बढिरहेको बुधबार डियाज–क्यानेलले भनेका थिए ।
सरकारी सञ्चारमाध्यममार्फत सेयर गरिएको भिडियो अन्तर्वार्तामा डियाज–क्यानेलले यो प्रक्रियालाई लामो समय लाग्ने पूर्वानुमान पनि व्यक्त गरे ।
२०१८ मा डियाज–क्यानेल राष्ट्रपति बने तापनि ९४ वर्षीय क्रान्तिकारी नेता राउल क्यास्ट्रो अझै राष्ट्रमा सबैभन्दा प्रभावशाली व्यक्ति मानिन्छन् । पूर्व राष्ट्रपति क्यास्ट्रोले २०१४ मा पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामासँग ऐतिहासिक वार्ता गरेका थिए ।
जसले दूतावास पुनः खोल्ने र कूटनीतिक सम्बन्ध पुनःस्थापित गर्ने मार्ग प्रशस्त गरेको थियो । जनवरीको अन्त्यतिर ट्रम्पले क्युबालाई तेल बेच्ने वा आपूर्ति गर्ने देशहरूमा शुल्क लगाउने धम्की दिएका थिए, जसले सो देशको राजनीतिक मोडेल परिवर्तनको प्रयासलाई सङ्केत गरेको थियो ।
‘क्यास्ट्रो ती मध्ये एक हुन जसले मसँगै र कम्युनिस्ट पार्टी, सरकार र राज्यका अन्य शाखाहरूसँगको सहकार्यमा यो संवाद प्रक्रिया कसरी सञ्चालन गर्ने भनेर मार्गदर्शन गरेका छन्,’ उनले थपे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
जलवायु संकटको चक्रव्यूहमा नेपाल, इतिहासकै गम्भीर संकट
-
रास्वपा महाधिवेशन : आज निर्वाचन प्रक्रिया अघि नबढ्ने
-
२० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर नै चोरी !
-
व्यापार घाटा १५.६७ प्रतिशतले बढ्यो, १५७ मध्ये १२३ देशसँग घाटा
-
नाचगानमा रास्वपा महाधिवेशन प्रतिनिधि (भिडियाेसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण