शपथसँगै सांसदले सचिवालयबाट पाए झोला, संविधान र नियमावली
काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट सांसदमा प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसदहरूले बिहीबार सिंहदरबारस्थित बन्दै गरेको संसद् भवनमा पद तथा गोपनीयताको शपथ लिएका छन् ।
उनीहरूलाई प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ खुवाएका छन् ।
शपथ लिएपछि सङ्घीय संसद् सचिवालयले नवनिर्वाचित सांसदहरूलाई १/१ वटा झोला उपलब्ध गराएको छ । झोलामा सांसदहरूलाई आवश्यक पर्ने तत्कालका लागि महत्त्वपूर्ण कानुन राखिएको छ । झोलामा सचिवालयले संविधान, प्रतिनिधि सभा नियमावली, संयुक्त बैठक सञ्चालन नियमावली राखिएको हो ।
प्रतिनिधिसभाबारे संविधानमा के छ ? संसद् सञ्चालन विधि कस्तो छ ? सङ्घीय संसद्का दुई सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को संयुक्त बैठक कसरी सञ्चालन हुन्छ ? भन्नेबारे अध्ययन गर्नका लागि भन्दै सचिवालयले नवनिर्वाचित सांसदहरूलाई झोलामा कानुनका किताब उपलब्ध गराएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण