रास्वपा केन्द्रीय समिति बैठक सुरु, वरिष्ठ नेता बालेन पनि सहभागी
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक वनस्थलीमा सुरु भयो।
- वरिष्ठ नेता बालेन शाह पनि बैठकमा सहभागी भएका छन्।
- संसदीय दलको नेता छनोटबारे विधान संशोधन आवश्यक नरहेको महामन्त्रीको भनाइ छ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को केन्द्रीय समितिको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक सुरु भएको हो ।
आजको बैठकमा वरिष्ठ नेता बालेन शाह पनि सहभागी भएका छन् । उनी यसअघि सचिवालय र केन्द्रीय समिति बैठकमा पनि सहभागी भएका थिएनन् ।
बैठकको एजेन्डा संसदीय दलको नेता सम्बन्ध र विविध भए पनि संसदीय दलको नेता छनोटमा विधान संशोधन आवश्यक नभएको महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए । संविधान बमोजिम वरिष्ठ नेता बालेन शाहलाई दलको नेता बनाउन मौजुदा विधान बाधक नभएको बुर्लाकोटीले जिकिर गरे ।
‘वरिष्ठ नेतालाई संसदीय दलको नेता बनाउने सहमति पुस १३ गते बसेको केन्द्रीय समिति बैठकले नै निर्णय गरिसकेको छ । यस बैठकले त्यसबारे थप निर्णय गरिराख्नु परेन । केन्द्रीय समिति बैठक लगत्तै बस्ने संसदीय दलको बैठकले बालेनलाई दलको नेता छनोट गर्छ’, रातोपाटीसँग उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. केसीको स्वास्थ्यमा समस्या, अनशन स्थलमा स्थानीयको प्रदर्शन
-
नेपाल र विश्वलाई जोड्न डायस्पोरा पत्रकारको भूमिका महत्त्वपूर्ण : निर्मला शर्मा
-
राज्य र पत्रकारिता एक अर्काका प्रतिद्वन्द्वी होइनन्, परिपूरक हुन् : कार्यवाहक राजदूत पौडेल
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण