पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा असिनासहित वर्षाको सम्भावना
सारांश
- मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।
- आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा चट्याङ्ग, हावाहुरी, असिनासहित मध्यम वर्षाको सम्भावना छ।
- राति कोशी र मधेस प्रदेशका पहाडी भूभागमा बादल लाग्नेछ भने केही स्थानमा वर्षाको सम्भावना रहेको छ।
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लागेको छ ।
आज दिउँसो देशको हिमाली भूभागमा अधिकांश बादल, पहाडी भूभागमा साधरणतया बादल र तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका धेरै स्थानहरूमा, बाँकी प्रदेशका पहाडी र हिमाली भूभागका केही स्थानहरूमा तथा तराई भूभागका थोरै स्थानहरूमा चट्याङ्ग, हावाहुरी,असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।
आज राति देशको हिमाली भूभागमा अधिकांश बादल तथा कोशी र मधेस प्रदेश लगायत देशका पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ भने तराई भूभागमा आंशिक बादल लाग्नेछ ।
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागका थोरै तथा तराई भूभागको एक–दुई स्थानमा चट्याङ्ग, हावाहुरी, असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कार्गो रेलको व्यावसायिक सुरुवात र निरन्तरताको चुनौती
-
इरान सङ्कट समाधानका लागि अमेरिका अझै वार्तामा तयार: रुबियो
-
टोकियोले पुरुषहरूलाई कार्यालयमा हाफपाइन्ट्स लगाउन प्रोत्साहित गर्यो, समकक्षी महिला दिक्क
-
सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?
-
पाकिस्तानमा अनिश्चितकालीन हड्तालमा उत्रिए पेट्रोल पम्प सञ्चालक
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण