रौतहटमा २५ रुपैयाँ जरिवानादेखि २ वर्ष कैदसम्मका ९ फरार प्रतिवादी पक्राउ
सारांश
- रौतहट प्रहरीले अदालतको फैसला कार्यान्वयन अभियान अन्तर्गत ९ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा विभिन्न मुद्दामा जरिवाना र कैद सजाय तोकिएका व्यक्तिहरू रहेका छन्।
- पक्राउ परेका सबैलाई आवश्यक कारबाहीका लागि रौतहट जिल्ला अदालतमा पठाइएको छ।
रौतहट । रौतहट प्रहरीले अदालतको फैसला कार्यान्वयन अभियानअन्तर्गत लामो समयदेखि फरार रहेका ९ जना प्रतिवादीलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका प्रहरी युनिटबाट खटिएको टोलीले कैद तथा जरिवाना सजाय तोकिएका विभिन्न मुद्दाका ७ जना र चालु मुद्दाका २ जना प्रतिवादीलाई बिहीबार पक्राउ गरेको हो ।
रौतहट प्रहरी प्रमुख एसपी सिताराम रिजालका अनुसार पक्राउ पर्नेहरूमा मेघु राय यादव (किर्ते जालसाजी) १ हजार रुपैयाँ जरिवाना, अनुकूल गुप्ता (चोरी) १ हजार रुपैयाँ जरिवाना, विजय चौधरी (जुवा) २ हजार रुपैयाँ जरिवाना, कल्पना चौधरी (नाताकायम) १ हजार २५० रुपैयाँ जरिवाना र सुकुन्ती देवी (गाली बेइज्जती) २५ रुपैयाँ जरिवाना रहेका छन् ।
यस्तै, जलसी देवी कुर्मी (देहानी) ३०० रुपैयाँ जरिवाना र प्रेम यादव (अपराधिक उपद्रव) मुद्दामा २ वर्ष कैद सजाय तोकिएका छन् ।
चालु मुद्दातर्फ हदयलाल राय यादव (ज्यान मार्ने उद्योग) र नरेन्द्र राय यादव (मिटर ब्याज) मुद्दामा पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी विष्णु प्रदीप बस्यालका अनुसार पक्राउ परेका सबैलाई आवश्यक कारबाहीका लागि रौतहट जिल्ला अदालतमा पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारततर्फको चिया निर्यातमा देखिएका समस्या समाधान गर्न सरकारद्वारा विशेष कार्यदल गठन
-
खाँदबारी–किमाथाङ्का सडक खण्ड पहिरोले अवरुद्ध
-
मदनकृष्णको जीवनीमा फिल्म बन्ने, मुख्य भूमिकामा महेश र केकी
-
शुभ होटलमा पौडेललाई आएको अशुभ समाचार, बोल्नै नपाई पक्राउ परे
-
विष्णु पौडेललाई सडकमार्गबाट काठमाडौँ ल्याइँदै
-
विष्णु पौडेलको पक्राउविरुद्ध एमालेले राजनीतिक प्रतिवाद गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण