अर्थ
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
शुक्रबार, १३ चैत २०८२, ११ : ०१
सारांश
- आज नेपाली बजारमा सुनको मूल्य तोलामा रु ४ हजार ६०० ले घटेको छ।
- चाँदीको मूल्य पनि घटेर प्रति तोला रु ४ हजार ६७० कायम भएको छ।
- अन्तर्राष्ट्रिय बजारको उतारचढावका कारण सुनचाँदीको मूल्य दैनिक रूपमा निर्धारण गरिन्छ।
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा रु २ लाख ८१ हजार निर्धारण भएको छ।
महासंघका अनुसार अघिल्लो दिन अर्थात् बिहीबार सुन तोलामा रु २ लाख ८५ हजार ६०० मा कारोबार भएको थियो। यसअनुसार आज सुनको मूल्य तोलामा रु ४ हजार ६०० ले घटेको हो।
त्यस्तै, आज सुन १० ग्रामको रु २ लाख ४० हजार ९१० कायम भएको महासंघले जनाएको छ।
यता, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलामा रु ४ हजार ६७० मा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी तोलामा रु ४ हजार ८२० रहेको थियो।
अन्तर्राष्ट्रिय बजारको मूल्यमा आएको उतारचढावका आधारमा महासंघले दैनिक रूपमा स्थानीय बजारमा सुनचाँदीको मूल्य निर्धारण गर्दै आएको छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण