पत्रकारिता गर्ने रावल बनिन् सामान्य प्रशासनमन्त्री
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीकी समानुपातिक सांसद प्रतिभा रावल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनिन्।
- पत्रकारिताको अनुभव बटुलेकी रावलले 'लालमोहर' कार्यक्रमबाट चर्चा बटुलेकी थिइन्, र रवि लामिछानेको प्रेरणाले राजनीतिमा प्रवेश गरिन्।
- कञ्चनपुरकी रावलले आमाको प्रेरणा र संघर्षबाट शिक्षा हासिल गरिन्, र गीता चौधरीसँगै मन्त्री बनेकी हुन्।
धनगढी । सुदूरपश्चिमकी प्रतिभा रावल मन्त्री बनेकी छिन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक सांसद रावललाई ‘संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय’ को जिम्मेवारी दिइएको छ।
उनीसँग पत्रकारिताको लामो अनुभव छ । ३२ वर्षीया रावलले झण्डै एक दशकसम्म पत्रकारितामा बिताइन्। साउथ एसिया चेक', 'रिपब्लिका' दैनिक हुँदै उनी 'ग्यालेक्सी फोरके टेलिभिजन' सम्म पुगिन्। ग्यालेक्सीमा रहँदा उनले सञ्चालन गर्ने ‘लालमोहर’ कार्यक्रम निकै चर्चित थियो।
कार्यक्रमको निर्माताका रूपमा उनले समाजका विभिन्न सरोकारवाला र नीति–निर्माताहरूलाई स्टुडियोमा बोलाएर जनताका समस्यामाथि प्रतिबद्धता गराउने काम गर्थिन्। ती प्रतिबद्धताहरू शब्दमा मात्र सीमित हुने र कार्यान्वयनमा नआउने देखेपछि उनलाई लागेको थियो- परिवर्तनका लागि बाहिर बसेर प्रश्न गरेर मात्र पुग्दैन,नीति निर्माणको थलोमै पुग्नुपर्छ। यही सोच र ग्यालेक्सी टिभीका प्रमुख रवि लामिछानेको प्रेरणाले उनलाई पत्रकारिताको क्यामेरा र माइक छाडेर राजनीतिको मैदानमा पुर्यायो। रास्वपा स्थापनाको केही समयमै उनी सक्रिय राजनीतिमा लागेकी थिइन्। कञ्चनपुरको भीमदत्त नगरपालिका–६, ऐठपुरमा जन्मिएकी प्रतिभाको बाल्यकाल त्यति सहज थिएन। उनी ५ वर्षकी हुँदा बुबाको मृत्यु भयो।
त्यसपछि उनको र दाइको लालनपालन र शिक्षादीक्षाको सबै भार आमा माया रावलको काँधमा आयो। माया रावलले महेन्द्रनगरमा कहिले पसल थापेर त कहिले शिक्षण पेसा अँगालेर आफ्ना छोराछोरीलाई उचित शिक्षा दिलाइन्। आमाको त्यही सङ्घर्षले प्रतिभालाई बलियो बनायो। महेन्द्रनगरमै एसएलसी उत्तीर्ण गरेकी उनले स्नातक तहसम्मको अध्ययन नेपालमै गरिन् त्यसपछि भारतको चेन्नईबाट पोस्ट ग्राजुएट तहको अध्ययन पूरा गरिन्। आफू याे स्थानमा पुग्नुमा उनी आमाकाे हात रहेको बताउँछिन्।`
आमाको त्याग र शिक्षाप्रतिको मोह म याे स्थानमा छु, म काम गरेर दखाउने छु,` उनलेे भनिन्। प्रतिभा रावलसँगै सुदूरपश्चिमबाटै प्रतिनिधित्व गर्ने गीता चौधरी पनि मन्त्री बनेकी छन्। चौधरीलाई ‘कृषि मन्त्रालय’ को जिम्मेवारी सुम्पिएको छ। यी दुवै जना मन्त्रीहरू समानुपातिक निर्वाचन प्रणालीमार्फत प्रतिनिधि सभामा निर्वाचित भएका हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण