माैसम पूर्वानुमान
पश्चिमी र स्थानीय वायुको प्रभाव : यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
शनिबार, १४ चैत २०८२, ०६ : ४६
सारांश
- मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ।
- कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा दिउँसो बादल लाग्नेछ, वर्षा र हिमपातको सम्भावना छ।
- राति कोशी, बागमती, गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर अधिकांश बादल लागेको छ।
आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधरणतया बादल लाग्नेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी हिमाली र पहाडी भूभागको थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।
आज राति कोशी, बागमती, गण्डकी प्रदेशको पहाडी र हिमाली भूभाग साथै लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ । कोशी र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभाग तथा बागमती प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेसीले बनाए सर्वाधिक गोलको ऐतिहासिक रेकर्ड
-
कोशी प्रदेशको बजेट यथार्थपरक छैन, अंकगणितमै त्रुटि छ: पूर्वमुख्यमन्त्री राजेन्द्र राई
-
ठमेलमा अवाञ्छित गतिविधिमा संलग्न ७ विदेशी नागरिक पक्राउ
-
पुरानै दलहरूको बाटोमा रास्वपा, व्यवस्थापकीय कमजोरीका कारण प्रतिनिधिमाथि थपिँदै छ भार
-
थप कक्षा सञ्चालन अनुमतिको माग गर्दै निजी विद्यालय सञ्चालक आन्दोलित, दबाब दिन बालबालिका प्रयोग
-
ऐतिहासिक रेकर्ड बनाउन पेनाल्टीमा चुके मेसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण