ओलीको पक्राउले द्वन्द्व बढाएको भन्दै एमालेले बोलायो आकस्मिक बैठक
सारांश
- एमालेले केपी शर्मा ओली पक्राउ परेको विषयमा आकस्मिक सचिवालय बैठक बोलाएको छ।
- सचिव बस्नेतले ओली र लेखकको गिरफ्तारीले देशमा द्वन्द्व निम्त्याउने बताएका छन्।
- एमालेले प्रतिशोधको राजनीति विरुद्ध प्रदर्शन गर्ने जनाएको छ।
काठमाडौँ। नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि आकस्मिक बैठक बोलाएको छ । सचिव महेश बस्नेतले बिहान साढे ८ बजे बस्नेगरी सचिवालय बैठक बोलाएको जानकारी दिए । उनले बैठकले आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने समेत बताएका छन् ।
‘राजनीतिक बन्दी नहुनु लोकतन्त्रको एक महत्त्वपूर्ण सूचक मानिन्छ । नेपाल विगतमा राजनीतिक बन्दी नभएको देशका रूपमा राम्रो उदाहरण मानिन्थ्यो। तर पछिल्ला घटनाक्रमहरूले देशको राजनीतिक अवस्थाप्रति चिन्ता बढाएको छ’, बस्नेतले भनेका छन् ।
उनले बालेन सरकारद्वारा सुधन गुरुङजस्ता अनुभवहीन, अराजक र विवादित व्यक्तिलाई गृहमन्त्री बनाइएको तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई गिरफ्तार गरिएको घटनाले देशमा द्वन्द्व बढ्ने अवस्था सिर्जना गरेको पनि बताएका छन् ।
‘यस्ता गतिविधिले राजनीतिक प्रतिशोध र पूर्वाग्रहको झल्को दिन्छ’, ओली र लेखक पक्राउपछि बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन् ।
उनले सरकारी सम्पदा र सम्पत्ति जोगाउन नसक्ने, आफ्नै चौकी सुरक्षित राख्न नसक्ने प्रहरीहरू आज लोकतन्त्र प्राप्तिका लागि लडेका नेताहरूलाई गिरफ्तार गर्न हजारौँ संख्यामा खटिएको देख्दा दुःख लागेको पनि बताएका छन् ।
‘प्रतिशोधको राजनीतिबाट देशलाई जोगाउन र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्न एमालेको तर्फबाट आजदेखि सुरु हुने प्रदर्शनमा सहभागी बनौँ’, बस्नेतले आह्वान गरेका छन्, ‘अहिले बिहान ८ः३० बजे बस्ने सचिवालयको बैठक पछि कार्यक्रमबारे विस्तृत जानकारी दिइनेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
-
जारी विश्वकपमा अर्जेन्टिनाका ‘वान म्यान आर्मी’ मेसीः टोलीका सबै ४ गोल उनकै नाममा
-
मेसीको कीर्तिमानी गोलसँगै अस्ट्रियाविरुद्ध पहिलो हाफमा अर्जेन्टिनाको अग्रता
-
मेसीले बनाए विश्वकपमा १७ गोलको ऐतिहासिक रेकर्ड
-
कोशी प्रदेशको बजेट यथार्थपरक छैन, अंकगणितमै त्रुटि छ: पूर्वमुख्यमन्त्री राजेन्द्र राई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण