नेपाल–भारत सीमामा मदिरा र गोरु तस्करी प्रयास विफल, २ जना पक्राउ
सारांश
- रौतहटमा नेपाल-भारत सीमामा मदिरा र गोरु तस्करीको प्रयास असफल पारियो, जसमा दुई जना पक्राउ परे।
- एसएसबीले गोप्य सूचनाको आधारमा संयुक्त कारबाही गरी मदिरा र गोरु सहित मानिसहरुलाई पक्राउ गरेको हो।
- पक्राउ परेका व्यक्तिहरू र बरामद सामानलाई थप अनुसन्धानका लागि प्रहरीलाई बुझाइएको छ।
रौतहट । बारासँग जोडिएको नेपाल–भारत सीमामा अवैध रूपमा मदिरा तथा गोरु तस्करी गर्ने दुई छुट्टाछुट्टै प्रयास भारतीय सुरक्षाकर्मीले विफल पारेका छन्। घटनामा ठुलो परिमाणमा मदिरा र दुई वटा गोरुसहित दुई जनालाई पक्राउ गरिएको छ ।
सशस्त्र सीमा बल (एसएसबी) ७१औँ बटालियन मुख्यालय पिपराकोठिका सहायक कमाण्डेन्ट बिश्वजित तिवारीका अनुसार शुक्रबार राति करिब ९:३० बजे प्राप्त गोप्य सूचनाका आधारमा समवाय बरहडवाले प्रहरी चौकी जितनासँग समन्वय गरी संयुक्त नाका स्थापना गरेको थियो। त्यसपछि बरहरवा मुख्यालयबाट थप सुरक्षाकर्मी खटाएर निगरानी कडा पारिएको थियो।
सोही क्रममा सीमा स्तम्भ नम्बर ३६७/०२ नजिक, भारततर्फ करिब ४०० मिटर दूरीमा पर्ने बरेला गाउँ आसपास गए राति करिब १२:३५ बजे नेपालबाट भारततर्फ सामान बोकेर जाँदै गरेका व्यक्तिहरूलाई शंकास्पद अवस्थामा देखिएको थियो। सुरक्षाकर्मीले रोकिन आदेश दिएपछि उनीहरू सामान फालेर भाग्न खोजेका थिए।
खेद्ने क्रममा एक जनालाई नियन्त्रणमा लिन सफल भएको र अन्य व्यक्ति अँध्यारोको फाइदा उठाउँदै नेपालतर्फ फरार भएको जनाइएको छ। पक्राउ पर्नेमा भारत, बिहार राज्य पूर्वी चम्पारण जिल्ला अन्तर्गत बेला जितपुर गाउँ निवासी सुधांशु शर्मा रहेका छन्।
घटनास्थलमा फालिएको सामान जाँच गर्दा जुटका ६ वटा बोराभित्र ‘कस्तुरी (निम्बु फ्रेश)’ ब्रान्डका ३०० एमएलका ५८० बोतल (कुल १७४ लिटर) मदिरा बरामद भएको एसएसबीले जनाएको छ। बरामद मदिरा नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको छ भने पक्राउ परेकालाई थप अनुसन्धानका लागि प्रहरी चौकी जितनामा बुझाइएको छ।
यसैबिच, अर्को घटनामा बारा सङ जोडिएको भारत–नेपाल सीमामा गोरु तस्करी प्रयास पनि विफल पारिएको छ। इन्टेलिजेन्स सेटअप ७१ बटालियन मोतिहारीबाट प्राप्त सूचनाका आधारमा बि कम्पनी महुवाको गस्ती टोलीले सीमा स्तम्भ नम्बर ३७५/११ नजिकबाट दुई वटा गोरुसहित एक जनालाई नियन्त्रणमा लिएको हो।
एसएसबी मुख्यालय पिपराकोठिका प्रवक्ता बिनित कुमार सिंहका अनुसार पक्राउ पर्नेमा पूर्वी चम्पारण जिल्लाको मसाही गाउँ निवासी मोहम्मद साबिर रहेका छन्। प्रारम्भिक अनुसन्धानअनुसार ती गोरुहरू नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरिएको थियो।
बरामद गोरु र पक्राउ परेका व्यक्तिलाई आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाउन महुवा प्रहरी चौकीमा बुझाइएको एसएसबीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण