ओली र लेखकको पक्राउप्रति राष्ट्रिय युवा सङ्घको आपत्ति, देशव्यापी आन्दोलनको चेतावनी
सारांश
- राष्ट्रिय युवा सङ्घ नेपालले केपी शर्मा ओली र रमेश लेखकमाथि भएको धरपकडको विरोध गरेको छ।
- युवा सङ्घले गौरीबहादुर कार्की आयोगको प्रतिवेदनलाई पूर्वाग्रहपूर्ण र प्रतिशोधपूर्ण भनेको छ।
- सङ्घले नेताहरूलाई रिहा गर्न र आयोगको प्रतिवेदन खारेज गर्न माग गर्दै सशक्त प्रतिरोधको चेतावनी दिएको छ।
काठमाडौँ । नेकपा (एमाले)को भातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपालले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकमाथि गरिएको धरपकडप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सङ्घका अध्यक्ष महाराज गुरुङले आज एक प्रेस वक्तव्य जारी गर्दै नवनिठित मन्त्रिपरिषद्को पहिलो बैठकले गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयनको नाममा नेताहरूमाथि गरेको व्यवहारलाई 'राजनीतिक प्रतिशोध' र 'पूर्वाग्रह'को पराकाष्ठा भएको बताएका छन् ।
युवा सङ्घले भदौ २३ र २४ का घटनाहरूको छानबिन गर्न गठित गौरीबहादुर कार्की आयोगले सुरुदेखि नै निष्पक्षता गुमाएको आरोप लगाएको छ। वक्तव्यमा भनिएको छ, 'यो प्रतिवेदन सत्य खोज्ने होइन, प्रतिशोधलाई वैधानिकता दिने दस्ताबेजका रूपमा प्रस्तुत भएको हाम्रो ठहर छ।' कानुनी रूपमा पुष्टि हुन नसक्ने र मनगढन्ते व्याख्याका आधारमा सरकार गठन भएको २४ घण्टा नबित्दै गरिएको यो कार्य विधिको शासन र कानुनी राज्यमाथिको प्रहार भएको सङ्घको बुझाइ छ।
लोकतान्त्रिक आन्दोलनमा जीवन समर्पण गरेका नेताहरूमाथि गरिएको यस्तो व्यवहारको भर्त्सना गर्दै युवा सङ्घले उनीहरूलाई निःशर्त रिहा गर्न र पूर्वाग्रहपूर्ण भनिएको कार्की आयोगको प्रतिवेदन तत्काल खारेज गर्न माग गरेको छ।
सरकारले आफ्नो 'प्रतिशोधपूर्ण' निर्णय तुरुन्त फिर्ता नलिएमा देशभर सशक्त प्रतिरोधका कार्यक्रमहरू अघि बढाउने चेतावनी युवा सङ्घले दिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण