नागरिकलाई सास्ती हुनेगरी मन्त्रीको गाडीलाई विशेष व्यवहार नगर्न गृहमन्त्री गुरुङको निर्देशन
शनिबार, १४ चैत २०८२, १६ : २०
सारांश
- गृहमन्त्री सुधन गुरुङले मन्त्रीहरूको सवारीलाई विशेष व्यवहार नगर्न निर्देशन दिए।
- उनले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको निरीक्षण गर्दै यस्तो निर्देशन दिएका हुन्।
- मन्त्री गुरुङले भीआईपी सवारीका नाममा नागरिकलाई दुःख नदिन आग्रह गरे।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले नागरिकलाई सास्ती हुनेगरी मन्त्रीहरूको सवारीलाई विशेष व्यवहार नगर्न निर्देशन दिएका छन् ।
शनिबार काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको आकस्मिक निरीक्षण गर्दै एसएसपी नवराज अधिकारीसहितका प्रहरी कर्मचारीलाई निर्देशन दिएका हुन् ।
‘जनतालाई दुःख दिने गरी भीआईपीलाई स्पेसल ट्रिट गर्ने होइन । नागरिकका लागि आवागमन सहज हुनुपर्यो । हामी नागरिकको सेवक हो,’ मन्त्री गुरुङले भने ।
गुरुङले मन्त्रीहरूलाई हतार भए समयमा निस्किनुपर्ने तर भीआईपी सवारीका नाममा आम नागरिकलाई दुःख नदिन निर्देशन दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण