मन्त्रालयको संख्या १७ वटा कायम गर्ने सरकारको निर्णय
शनिबार, १४ चैत २०८२, २१ : ४१
काठमाडौँ । सरकारले प्रशासनिक खर्च कटौती र कार्यकुशलता अभिवृद्धिका लागि संघीय मन्त्रालयको संख्या घटाएर १७ वटा कायम गर्ने निर्णय गरेको छ।
बालेन शाह नेतृत्वको मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले मुलुकको आर्थिक अवस्था र विभिन्न प्रशासनिक सुधार आयोगका सुझावहरूलाई मध्यनजर गर्दै मन्त्रालयको संख्या घटाउने निर्णय गरेको हो।
यसअघि कायम रहेका मन्त्रालयहरूलाई एकापसमा गाभेर सानो र छरितो मन्त्रिमण्डल बनाउने सरकारको लक्ष्य रहेको छ।
मन्त्रालयको संख्या घटाउँदा अनावश्यक प्रशासनिक व्ययभार कम हुने, सरकारी निकायबीचको समन्वय प्रभावकारी हुने र सेवा प्रवाहमा हुने दोहोरोपन हट्ने विश्वास गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण