बेटिङ एप र वेबसाइट २४ घण्टाभित्र बन्द गर्ने सरकारको निर्णय
आइतबार, १५ चैत २०८२, ०० : १७
सारांश
- सरकारले २४ घण्टाभित्र सबै सट्टेबाजी (बेटिङ) एप र वेबसाइट बन्द गर्ने निर्णय गरेको छ।
- मन्त्रिपरिषद्को निर्णय ‘शासकीय सुधार सम्बन्धी एक सय कार्यसूची’ को बुँदा नम्बर ४२ मा उल्लेख छ।
- सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बेटिङ एप र वेबसाइट बन्द गराउने जिम्मेवारी पाएको छ।
काठमाडौँ । सरकारले सबै सट्टेबाजी (बेटिङ) एप र त्यससँग सम्बन्धित वेबसाइटहरू २४ घण्टाभित्र बन्द गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को शुक्रबार बैठकबाट स्वीकृत ‘शासकीय सुधार सम्बन्धी एक सय कार्यसूची’ को बुँदा नम्बर ४२ मा यो विषय उल्लेख गरिएको हो ।
उक्त कार्यसूची अनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बेटिङ एप र वेबसाइटहरू पूर्ण रूपमा बन्द गराउने जिम्मेवारी पाएको छ। अवैध रूपमा हुने सट्टेबाजी नियन्त्रण र सुशासन कायम गर्न सरकारले यो कदम चालेको बताइएको छ । हाल त्यस्ता एप र वेबसाइट खुलेआम सञ्चालन हुँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन : आज निर्वाचन प्रक्रिया अघि नबढ्ने
-
२० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर नै चोरी !
-
व्यापार घाटा १५.६७ प्रतिशतले बढ्यो, १५७ मध्ये १२३ देशसँग घाटा
-
नाचगानमा रास्वपा महाधिवेशन प्रतिनिधि (भिडियाेसहित)
-
विश्वकपमा केप भर्डेको सनसनी, इतिहास रच्ने संघारमा
-
इजरायली प्रधानमन्त्रीका दाजु ५० वर्षअघि कुन मिसनमा मारिएका थिए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण