सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

ओली पक्राउको विरोधमा एमालेले आज देशभरका जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाउने

आइतबार, १५ चैत २०८२, ०७ : ०६
आइतबार, १५ चैत २०८२

सारांश

  • नेकपा एमालेले केपी शर्मा ओलीको पक्राउको विरोध गर्दै देशभरका जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाउने भएको छ।
  • पार्टीले भदौ २३ र २४ गतेको घटना छानबिनका लागि उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गरेको छ।
  • ओली पक्राउको विषयमा संसदमा रहेका दलहरूसँग संवाद गरी सामूहिक प्रतिवादको संयोजन गर्न नेताहरूलाई जिम्मेवारी दिइएको छ।

काठमाडौँ । पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेले आज देशभरका जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाउने भएको छ ।  शनिबार बसेको आकस्मिक सचिवालय बैठकको निर्णयबमोजिम पार्टीले आज विरोधपत्र बुझाउने भएको हो । 

पार्टीले  भदौ २३ र २४ को घटना छानबिन गर्न गठित गौरीबहादुर कार्की आयोगप्रति एमालेको असहमति र विरोध रहेको भन्दै उक्त घटना छानबिनका लागि उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गरेको छ । 

ओली पक्राउपछिको अवस्थाबारे संसदमा रहेका दलहरूसँगको संवादपछि सामूहिक प्रतिवादको संयोजन गर्न नेताहरू विष्णु पौडेल, रामबहादुर थापा, गोकर्ण विष्टलगायतलाई पार्टीले जिम्मेबारी दिइसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप