अस्ट्रेलियाको भिक्टोरिया राज्यमा सार्वजनिक यातायात निःशुल्क
सारांश
- अस्ट्रेलियाको भिक्टोरिया राज्य सरकारले इन्धनको मूल्य वृद्धिका कारण सार्वजनिक यातायात निःशुल्क गरेको छ।
- भिक्टोरियामा अप्रिल महिनाभर बस, रेल र ट्राम निःशुल्क प्रयोग गर्न पाइनेछ, जसले इन्धनको माग कम गर्ने विश्वास छ।
- क्विन्सल्यान्डमा सार्वजनिक यातायातमा ५० सेन्टको भाडा सन् २०२४ देखि लागू गरिएको छ।
क्यानबेर्रा । इन्धनको मूल्य तीव्र रूपमा बढ्दै गएको र आपूर्तिमा समस्या देखिएपछि अस्ट्रेलियाको भिक्टोरिया राज्य सरकारले सार्वजनिक यातायात निःशुल्क गर्ने घोषणा गरेको छ । हाल अस्ट्रेलियाभर पेट्रोल र डिजेलको मूल्य प्रमुख बहसको विषय बनेको छ ।
सयौँ पेट्रोल पम्पहरूमा इन्धन सकिएको रिपोर्ट आएका छन् भने उपलब्ध इन्धनको मूल्य द्वन्द्वअघि भन्दा ८५ प्रतिशतसम्म महँगो भएको छ । यस परिस्थितिलाई मध्यनजर गर्दै भिक्टोरियाका बासिन्दालाई राहत दिन अप्रिल महिनाभर बस, रेल र ट्राम निःशुल्क प्रयोग गर्न पाइने निर्णय गरिएको छ ।
यस कदमले मानिसहरूलाई निजी सवारी भन्दा सार्वजनिक यातायात प्रयोग गर्न प्रेरित गर्ने र इन्धनको मागमा दबाब घटाउने विश्वास राज्य प्रमुखले व्यक्त गरेका छन् । इन्धन अभावको मुख्य कारण सर्वसाधारणले अतालिएर अत्यधिक खरिद गर्नु (प्यानिक बाइङ) भएको बताइए पनि सरकारले आपूर्ति नघटेको दाबी गरिरहेको छ ।
उता, क्विन्सल्यान्डमा पनि सन् २०२४ को मध्यदेखि सार्वजनिक यातायातमा ५० सेन्टको स्थिर भाडा लागू गरिएको छ । सुरुवातमा अस्थायी भए पनि लोकप्रियता बढेपछि सो भाडादर स्थायी बनाइएको थियो ।
भिक्टोरियामा भने निःशुल्क सेवा अस्थायी मात्रै हुने बताइएको छ । जसका लागि करिब ७० मिलियन अस्ट्रेलियन डलर खर्च हुने अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उरुग्वेको सनसनीपूर्ण पुनरागमन: केप भर्डेविरुद्ध पहिलो हाफमा २–१ को अग्रता
-
विश्वकपमा केप भर्डेको ऐतिहासिक पहिलो गोल
-
केप भर्डेका डिफेन्डर सिड्नी लोपेज काब्रालले अर्को खेल गुमाउने
-
स्पेनलाई रोकेर विश्वलाई चकित पारेको केप भर्डे आज उरुग्वेसँग भिड्दै
-
यान्त्रिक हलो अभावले किसानलाई धान रोप्न समस्या
-
बेल्जियम र इरानको संघर्षपूर्ण बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण