लन्डनमा नेपाली कला र संस्कृतिको विशेष उत्सव ‘लिडिङ थ्रु स्टोरिज’ आयोजना हुँदै
सारांश
- लन्डनमा नेपाली कला, संस्कृति, कथावाचन र सिर्जनात्मक संवादलाई समेटेर विशेष कार्यक्रम आयोजना हुने भएको छ।
- कार्यक्रममा वृत्तचित्र प्रदर्शन, समुदायको सहकार्य र एकता, तथा संगीत क्षेत्रमा लैङ्गिक प्रतिनिधित्वबारे छलफल हुनेछ।
- कार्यक्रममा नेपाली नृत्य र 'लिटरेरी फोटो बुक' को लोकार्पणका साथै सञ्चारमाध्यमको भूमिकाबारे प्रस्तुति रहनेछ।
लन्डन। लन्डनमा नेपाली कला, संस्कृति, कथावाचन र सिर्जनात्मक संवादलाई समेटेर ‘लिडिङ थ्रु स्टोरिज: कल्चर, रेजिलेन्स एण्ड भोइसेस अफ चेन्ज इन नेपाल’ नामक विशेष कार्यक्रम आयोजना हुने भएको छ। युनिभर्सल पीस फेडरेशन (यूपीएफ) यूकेअन्तर्गतको इन्टरनेशनल एशोसिएशन अफ आर्ट्स एण्ड कल्चर फर पीस (आईएएसीपी) ले आउँदो मार्च ३१, २०२६, मंगलबार लानकास्टर गेटस्थित यूपीएफ मुख्यालयमा यो कार्यक्रम आयोजना गर्न लागेको हो।
आयोजकका अनुसार, संस्कृति, अनुभव र भोगाइमा आधारित कथाहरूले समाजमा कसरी संवाद, लचकता र सकारात्मक परिवर्तन ल्याउन सक्छन् भन्ने विषयमा यो कार्यक्रम केन्द्रित रहनेछ। कार्यक्रममा कलाकार, चलचित्रकर्मी र सांस्कृतिक अभियन्ताहरूको उपस्थिति रहनेछ। कार्यक्रमको थालनी यूपीएफका महासचिव रोबिन मार्शको स्वागत मन्तव्यबाट हुनेछ। त्यसपछि, आईएएसीपीकी अध्यक्ष डा. संगीता स्वेच्छा र ईयूएमईकी सह-संयोजक इभा पेजकोफस्कीले संस्थागत जानकारी प्रस्तुत गर्ने कार्यक्रम छ।
साँझको मुख्य आकर्षणको रूपमा संजोक बस्यालद्वारा निर्देशित वृत्तचित्र ‘कृष्ण: अ स्टोरी अफ सेल्फ डिपेन्डेन्स’ प्रदर्शन गरिनेछ। यो वृत्तचित्रले आत्मनिर्भरता, संघर्ष र जीवनका प्रेरणादायी भोगाइहरूलाई उजागर गर्ने बताइएको छ।
त्यसैगरी, राजेन्द्र खसले समुदायको सहकार्य र एकताले संस्कृति संरक्षणमा पार्ने प्रभावबारे चर्चा गर्नेछन् भने निल शाक्यले संगीत क्षेत्रमा लैङ्गिक प्रतिनिधित्वका विषयमा आफ्नो विचार राख्नेछन्।
सांस्कृतिक कार्यक्रममा नेपाली नृत्यका साथसाथै ‘इन्दिरा धिमे माइचा’को विशेष प्रस्तुति पनि समावेश हुनेछ। कार्यक्रमको अन्त्यमा निल्स लुन्ड र डा. संगीता स्वेच्छाद्वारा संयुक्त रूपमा तयार पारिएको ‘लिटरेरी फोटो बुक’ को लोकार्पण गरिनेछ। यो कृतिले तस्बिर र साहित्यको माध्यमबाट अन्तरसांस्कृतिक सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास गरिएको छ।
यसैगरी, सञ्चार विज्ञ इयान पेल्हाम टर्नरले सांस्कृतिक सम्पदाको प्रवर्द्धनमा सञ्चारमाध्यमले खेल्ने भूमिकाबारे आफ्नो दृष्टिकोण प्रस्तुत गर्ने कार्यक्रम छ। साँझ ५:३० देखि ८:३० बजेसम्म चल्ने यस कार्यक्रममा सहभागी हुनका लागि १० पाउण्ड शुल्क निर्धारण गरिएको छ। इच्छुक व्यक्तिहरूले अनलाइनमार्फत नाम दर्ता गर्न सक्ने कुरा आयोजकले बताएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जग्गा हिनामिना प्रकरण : तत्कालीन मालपोत अधिकृतसहित ४ जनालाई ६ महिना कैद र जरिवाना
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
-
होटल स्मारक र डाउनटाउन पिज्जालाई २५ हजार जरिवाना
-
पूर्वन्यायाधीश र पूर्वसैनिकको सम्पत्ति छानबिनमा किन उठ्यो क्षेत्राधिकारको प्रश्न ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण