कैलाली प्रशासन अगाडि सुरक्षा व्यवस्था कडा, एमालेले आज ज्ञापनपत्र बुझाउँदै
सारांश
- कैलालीमा एमाले अध्यक्ष पक्राउको विरोधमा प्रदर्शन हुँदै ज्ञापनपत्र बुझाउने कार्यक्रम तय भएको छ।
- प्रशासन कार्यालय अगाडि सुरक्षा व्यवस्था कडा पारिएको छ, सम्भावित झडपलाई मध्यनजर गर्दै सुरक्षाकर्मी परिचालन गरिएको छ।
- एमालेले पक्राउ परेका नेतालाई रिहा गर्न माग गर्दै धनगढीमा जुलुससहित प्रदर्शन गर्ने तयारी गरेको छ।
कैलाली । जिल्ला प्रशासन कार्यालय कैलालीको सुरक्षा व्यवस्था आज बिहानैदेखि कडा पारिएको छ । नेकपा (एमाले) ले आफ्ना अध्यक्ष पक्राउको विरोधमा विरोध प्रदर्शन गर्दै ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरेपछि प्रशासन कार्यालय अगाडि ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको हो ।
एमाले अध्यक्षको पक्राउलाई राजनीतिक प्रतिशोध भन्दै एमाले कैलालीले आज प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापन पत्र बुझाउने तयारी गरेको छ । सम्भावित तनाव र झडपलाई मध्यनजर गर्दै प्रशासन कार्यालयको मुख्य गेट र आसपासका क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति रहेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै सुरक्षाकर्मी तैनाथ गरिएको र शान्ति सुरक्षा कायम राख्न आवश्यक सतर्कता अपनाइएको छ ।
एमालेका कार्यकर्ताहरू पार्टी कार्यालयबाट जुलुससहित प्रशासन कार्यालयतर्फ आउने तयारीमा रहेका छन् । एमालेले पक्राउ परेका आफ्ना नेतालाई तत्काल रिहा गर्नुपर्ने माग राख्दै आएको छ ।
ज्ञापन पत्र बुझाउने कार्यक्रमका कारण धनगढीको मुख्य सडक र जिल्ला प्रशासन कार्यालय आसपासको यातायात समेत प्रभावित हुन सक्ने देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
-
जारी विश्वकपमा अर्जेन्टिनाका ‘वान म्यान आर्मी’ मेसीः टोलीका सबै ४ गोल उनकै नाममा
-
मेसीको कीर्तिमानी गोलसँगै अस्ट्रियाविरुद्ध पहिलो हाफमा अर्जेन्टिनाको अग्रता
-
मेसीले बनाए विश्वकपमा १७ गोलको ऐतिहासिक रेकर्ड
-
कोशी प्रदेशको बजेट यथार्थपरक छैन, अंकगणितमै त्रुटि छ: पूर्वमुख्यमन्त्री राजेन्द्र राई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण