कञ्चनपुरमा कांग्रेस र एमालेले बुझाए विरोधपत्र
सारांश
- एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकको गिरफ्तारीको विरोधमा कञ्चनपुरमा संयुक्त प्रदर्शन भयो।
- कांग्रेस र एमालेले नेताहरूको पक्राउलाई नियोजित र अलोकतान्त्रिक कदम भन्दै विरोधपत्र बुझाए।
- प्रदर्शनकारीहरूले सरकारविरुद्ध नाराबाजी गर्दै नेताहरूको सम्मानजनक रिहाइको माग गरे।
धनगढी । नेकपा (एमाले) का अध्यक्ष एव पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकको गिरफ्तारीको विरोधमा कञ्चनपुरमा दुवै दलले संयुक्त रूपमा विरोध प्रदर्शन गरेका छन्।
राजनीतिक रूपमा फरक कित्तामा रहे पनि आफ्ना शीर्ष नेताहरूको पक्राउलाई नियोजित र अलोकतान्त्रिक कदम ठहर्याउँदै नेपाली कांग्रेस र नेकपा एमाले कञ्चनपुरले आइतबार जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाएका हुन्।
जिल्ला प्रशासन कार्यालय अगाडि भेला भएका दुवै दलका नेता तथा कार्यकर्ताहरूले सरकारविरुद्ध नाराबाजी गर्दै नेताद्वयको तत्काल र ससम्मान रिहाइको माग गरेका छन्। विरोध प्रदर्शनपछि जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई बुझाइएको ज्ञापनपत्रमा राजनीतिक प्रतिशोधका आधारमा नेताहरूलाई पक्राउ गरिएको आरोप लगाइएको छ।
विरोध कार्यक्रममा बोल्दै दुवै दलका नेताहरूले सरकारले लोकतन्त्रको उपहास गरेको र राजनीतिक संवादको साटो दमनको बाटो रोजेको बताएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बारम्बार दुर्गन्धित वायु प्रवाह हुनु कलेजो बिग्रिएको सङ्केत हो ?
-
चार वर्ष बित्दा पनि बनेन पुल, यात्रीलाई सास्ती
-
नोर्ड स्ट्रिम पाइपलाइन विस्फोट प्रकरण : युक्रेनी नागरिकविरुद्ध जर्मनीमा मुद्दा दायर
-
म्याग्दीको अलपत्र दरवाङ-निस्कोट सडकखण्ड पाँच वर्षपछि सम्पन्न
-
पहिलो हाफमा अमेरिकालाई अग्रता
-
‘निर्ममतापूर्वक योग्य फ्याकल्टी मात्र राख्छौँ, राजनीतिमुक्त स्वायत्तता नै हाम्रो शक्ति हो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण