अपडेट
ओलीको रिहाइको माग गर्दै एमालेले बुझायो ७७ वटै जिल्ला प्रशासन कार्यालयमा विराेधपत्र
आइतबार, १५ चैत २०८२, १४ : ४१
१
सारांश
- नेकपा एमालेले केपी ओलीको रिहाइको माग गर्दै देशभरका जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ।
- ओलीलाई गौरीबहादुर कार्की आयोगले दोषी देखाएपछि शनिबार निवासबाटै प्रहरीले पक्राउ गरेको थियो।
- ललितपुर र काठमाडौँमा नारा जुलुससहित एमालेले प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउँदै धर्ना दिए।
काठमाडौँ । नेकपा एमालेले पार्टी अध्यक्ष केपी ओलीको रिहाइको माग गर्दै देशभरका जिल्ला प्रशासन कार्यालयमा विराेधपत्र बुझाएको छ । ओलीको रिहाइको माग गर्दै एमाले जिल्ला कमिटीले ७७ वटै जिल्ला प्रशासन कार्यालयमा विराेधपत्र बुझाएका हुन् ।
गौरीबहादुर कार्की आयोगले दोषी देखाएको भन्दै अध्यक्ष ओलीलाई शनिबार निवासबाटै प्रहरीले पक्राउ गरेपछि एमालेको सचिवालय बैठकले त्यसको विरोध गर्दै रिहाइका लागि विराेधपत्र बुझाउने निर्णय गरेको थियो ।
ललितपुर र काठमाडौँमा नारा जुलुससहित प्रशासन कार्यालय पुगेर एमालेले विराेधपत्र बुझाएको थियो । सो क्रममा एमालेका नेता कार्यकर्ताले प्रशासन कार्यालय बाहिर धर्ना समेत दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनमा खानाको मेन्यू : च्याउ, पापड, आलुदेखि खसीको मासुसम्म (तस्बिरहरू)
-
पसिना आउनु बोसो पग्लिएको संकेत हो ?
-
सौराहा भ्रमणमा प्रधानमन्त्री बालेन शाह
-
भिरमा अल्झिएको भेडागोठालाको जीवन
-
रास्वपाको केन्द्रीय सदस्यमा केसीले उम्मेदवारी दिने
-
रास्वपामा महाधिवेशन प्रतिनिधि सङ्ख्या बढ्यो, ४५ सय पुग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण