जेनजी आन्दोलनका २७ सहिद परिवारलाई विद्युत् प्राधिकरणमा रोजगारी
सारांश
- नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका सहिद परिवारका सदस्यलाई रोजगारी दिने निर्णय कार्यान्वयन गरेको छ।
- प्राधिकरणले २७ जना सहिद परिवारका सदस्यलाई शैक्षिक योग्यता अनुसार करारमा नियुक्त गर्ने भएको छ।
- गत पुस २२ गतेको प्राधिकरण सञ्चालक समिति बैठकले सहिद परिवारलाई रोजगारी दिने निर्णय गरेको थियो।
काठमाडौँ । भदौ २३ र २४ गते सम्पन्न जेनजी आन्दोलनका सहिद परिवारका सदस्यलाई नेपाल विद्युत् प्राधिकरणमा रोजगारी दिने निर्णय कार्यान्वयनमा आएको छ।
प्राधिकरणले जेनजी आन्दोलनका सहिद परिवारबाट प्राप्त २७ जनाको निवेदनलाई यकिन गरी उनीहरूलाई रोजगारी दिने प्रक्रिया अघि बढाएको हो । शैक्षिक योग्यताका आधारमा उनीहरूलाई पायक पर्ने प्राधिकरणका विभिन्न कार्यालयहरूमा बढीमा तीन तहसम्मको करार नियुक्ति दिने व्यवस्था मिलाइएको छ।
गत पुस २२ गते बसेको नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले सहित परिवारलाई रोजगारी दिने निर्णय गरेको थियो। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीको जिम्मेवारीमा रहेका बेला कुलमान घिसिङले रोजगारी दिने प्रस्ताव पारित गरेका थिए ।
प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ– ‘भाद्र २३ र २४ गतेको जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएका व्यक्तिलाई राहत सहायता उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०८२ को बुँदा नं. ११ मा शहीद परिवारका सदस्यलाई रोजगारी सम्बन्धी व्यवस्था मिलाउने भन्ने ब्यहोराका सम्बन्धमा नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको मिति २०८२/०९/२० को पत्रसाथ तपसिलका व्यक्तिहरूले रोजगारीको लागि पेस गरेको निवेदन प्राधिकरणलाई प्राप्त भएको हुँदा सहिदका परिवारले प्राप्त गर्ने सुविधामा निजहरू बाहेक अरू कसैको हक दाबी लाग्ने भएमा यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र नेपाल विद्युत् प्राधिकरण काठमाडौँमा निस्सा प्रमाण सहित सम्पर्क राख्नुहुन सरोकारवालाको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण