मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
आईपीएल २०२६

रिकेल्टन र रोहितको विस्फोटक ब्याटिङमा मुम्बईको शानदार जित

आइतबार, १५ चैत २०८२, २३ : ३४
आइतबार, १५ चैत २०८२

सारांश

  • मुम्बई इन्डियन्सले कोलकाता नाइट राइडर्सलाई ६ विकेटले पराजित गर्दै आईपीएलमा जित निकाल्यो।
  • रायन रिकेल्टनले ८१ रन र रोहित शर्माले ७८ रनको उत्कृष्ट पारी खेलेर जित दिलाए।
  • कोलकाताले प्रस्तुत गरेको २२१ रनको लक्ष्य मुम्बईले १९.१ ओभरमा पूरा गर्यो।

काठमाडौँ । रायन रिकेल्टन र रोहित शर्माको विस्फोटक अर्धशतकीय पारीको मद्दतले मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिगमा जितको खाता खोलेको छ । आइतबार सम्पन्न कोलकाता नाइट राइडर्सलाई ६ विकेटले पराजित गरेको छ ।

कोलकाताले प्रस्तुत गरेको २२१ रनको विशाल लक्ष्य मुम्बईले ५ बल बाँकी रहँदै १९.१ ओभरमा ४ विकेट गुमाएर सफलतापूर्वक भेट्टायो ।

२२१ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको मुम्बईका लागि ओपनर रायन रिकेल्टनले सर्वाधिक ८१ रनको उत्कृष्ट पारी खेले । उनले मात्र ४३ बलमा आक्रामक ब्याटिङ गर्दै जितको आधार तयार पारेका थिए । उनलाई अर्का ओपनर रोहित शर्माले पनि उत्कृष्ट साथ दिँदै मात्र ३८ बलमा ७८ रनको विस्फोटक पारी खेले । अन्त्यमा तिलक वर्माले १४ बलमा अविजित २० रन जोड्दै टोलीलाई जित दिलाए ।

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २२० रनको विशाल योगफल तयार पारेको थियो । कोलकाताका लागि अजिंक्य रहाणेले सर्वाधिक ६७ रन बनाए भने युवा ब्याट्सम्यान अंगकृश रघुवंशीले मात्र २९ बलमा ५१ रनको अर्धशतकीय पारी खेलेका थिए । त्यस्तै, फिन एलेनले पनि १७ बलमा ३७ रनको महत्त्वपूर्ण योगदान दिए ।

बलिङतर्फ, मुम्बईका लागि शार्दुल ठाकुरले ४ ओभरमा ३९ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । कोलकाताका सुनिल नारायण, कार्तिक त्यागी र वैभव अरोराले एक–एक विकेट लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप