नेपाल पत्रकार महासंघ ७१ औँ वर्षमा प्रवेश
सारांश
- नेपाल पत्रकार महासंघ ७१ औँ वर्षमा प्रवेश गरेको छ, स्थापना दिवसमा प्रभातफेरीको आयोजना गरियो।
- अध्यक्ष निर्मला शर्माले प्रेस स्वतन्त्रता र श्रमजीवी पत्रकारको हकहितका लागि काम गरेको बताइन्।
- महासंघले मिथ्या सूचनाको चुनौती र सञ्चार सम्बन्धी कानुनलाई प्राथमिकतामा राखेको छ।
काठमाडौँ । नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघ आजदेखि स्थापनाको ७१ औँ वर्षमा प्रवेश गरेको छ। स्थापना दिवसको अवसरमा महासंघले प्रभातफेरीको आयोजना गरेको हो ।
_epHIw5cF4e.jpg)
महासंघकी अध्यक्ष निर्मला शर्माले देशभरका सञ्चारकर्मी र प्रेस स्वतन्त्रताका पक्षधरहरूलाई शुभकामना दिँदै महासंघले सात दशकदेखि नागरिकको अभिव्यक्ति स्वतन्त्रता र श्रमजीवी पत्रकारको हकहितका लागि अविचलित रूपमा काम गर्दै आएको बताएकी छन्। अध्यक्ष शर्माले जारी गरेको शुभकामना मन्तव्यमा स्थापनाकालदेखि नेतृत्व दिने अग्रजहरूप्रति सम्मान र प्रेस स्वतन्त्रताको लडाइँमा सहादत प्राप्त गर्ने सहिद पत्रकारहरूप्रति श्रद्धाञ्जली व्यक्त गरिएको छ। महासंघले मानव अधिकारको रक्षा, सूचनाको हकको संरक्षण र जिम्मेवार पत्रकारितामार्फत लोकतन्त्र सुदृढीकरणलाई प्राथमिकतामा राखेको उनले उल्लेख गरेकी छन्।
_jLJeDFrtZW.jpg)
पछिल्लो समय सूचना प्रविधिको विकाससँगै बढेको मिथ्या सूचनाको प्रवाहलाई पत्रकारिताका लागि मुख्य चुनौतीका रूपमा लिइएको छ। प्रतिनिधिसभाको निर्वाचनपछि बनेको दुई तिहाइको सरकारले राजनीतिक अस्थिरता अन्त्य गर्ने विश्वास लिँदै महासंघले रोकिएका सञ्चार सम्बन्धी कानुनहरू सरोकारवालासँगको छलफलमा ल्याउन माग गरेको छ।
_LTrckd2eRI.jpg)
विशेषगरी 'जेन्जी' आन्दोलनका क्रममा मारमा परेका सञ्चार गृह र घाइते पत्रकारहरूलाई उचित क्षतिपूर्ति दिलाउन सरकारसँग आग्रह गरिएको छ। राज्यका कुनै पनि निकायबाट प्रेस स्वतन्त्रता संकुचन गर्ने प्रयास भए महासंघले त्यसको कडा प्रतिवाद गर्ने चेतावनी समेत दिइएको छ।
_EB3LQwbECX.jpg)
महासंघले अहिले सबै सञ्चारमाध्यम र श्रमजीवी पत्रकारहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने पहलकदमी अगाडि बढाइरहेको छ। पत्रकारको भौतिक तथा पेसागत सुरक्षाका लागि अन्तर्राष्ट्रिय संघसंस्थाहरूसँगको समन्वयलाई थप बलियो बनाउने प्रतिबद्धता जनाउँदै अध्यक्ष शर्माले जनताको सही सूचना पाउने अधिकार सुनिश्चित गर्न र समाजले अपेक्षा गरेको भूमिका निर्वाह गर्न सबै पत्रकारहरूलाई अपिल गरेकी छन्।
_8CKjE0stVr.jpg)
_MrBkk9BFNw.jpg)
_Nui5D6ihei.jpg)
_ayIsnz6erm.jpg)
_hItdfhxyER.jpg)
_6mcEAoRFF3.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
-
वैदेशिक रोजगारीमा जानेको बिमा व्यवस्थापनलाई श्रमिकमैत्री बनाइने
-
अर्जेन्टिना पराजित भएपछि ब्युनस आयर्समा झडप, १५ जना पक्राउ
-
‘मोबाइल फोन प्रसारण प्रणाली’ मार्फत विपद्को पूर्वसूचना दिने तयारी
-
काठमाडौं उपत्यकाको ढल निकास सुधार्ने विषयमा छलफल
-
१० बजे १० समाचार : सार्वजनिक बिदा पुनरवलोकन गरिने, बजेट कार्यान्वयनबारे ३७ बुँदे मार्गदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण