पीएसएलमा बल ट्याम्परिङको आरोप : फखर जमानका कारण ५ रनको पेनाल्टी
सारांश
- कराँची किंग्सविरुद्धको खेलमा लाहोर कलन्दर्सका फखर जमानमाथि बल ट्याम्परिङको आरोप लागेको छ।
- अम्पायरले लाहोरलाई ५ रनको पेनाल्टी दिएपछि कराँची किंग्सले खेल जित्यो।
- फखर जमानले आरोप अस्वीकार गरे, थप अनुसन्धान सोमबार हुने भनिएको छ।
कराँची । पाकिस्तान सुपर लिग (पीएसएल) अन्तर्गत कराँची किंग्स विरुद्धको खेलमा लाहोर कलन्दर्सका खेलाडी फखर जमानमाथि बल ट्याम्परिङको आरोप लागेको छ ।
खेलको अन्तिम ओभर सुरु हुनुअघि जमानले गलत तरिकाले बलको अवस्था बदल्न खोजेको भन्दै अम्पायरहरूले लाहोरलाई ५ रनको पेनाल्टी सजाय दिएका हुन् । यसरी पेनाल्टी पाएपछि दबाबमा परेको लाहोर कलन्दर्स अन्ततः खेलमा पराजित भएको छ ।
अन्तिम ओभरमा कराँचीलाई जितका लागि १४ रन आवश्यक रहेको अवस्थामा अम्पायरले ट्याम्परिङको आरोपमा ५ रन घटाइदिएपछि समीकरण बदलिएको थियो । कराँची किंग्सको मागअनुसार बल समेत परिवर्तन गरिएपछि उसले ६ बलमा मात्र ९ रन बनाउनुपर्ने सजायसहितको लक्ष्य पायो ।
उक्त लक्ष्य कराँचीले मात्र तीन बलमा पूरा गर्दै रोमाञ्चक जित हासिल गरेको हो । क्रिकेटको नियम ४१.३.२ अनुसार खेलाडीले बल चम्काउन पाए पनि अन्य कुनै पनि माध्यमले त्यसको अवस्था बिगार्न पाउँदैनन् ।
खेल सकिएलगत्तै भएको प्रारम्भिक सुनुवाइमा फखर जमानले आफूमाथि लागेको बल ट्याम्परिङको आरोप अस्वीकार गरेका छन् । यस विषयमा थप अनुसन्धानका लागि सुनुवाइ सोमबारसम्मका लागि सारिएको छ ।
यता लाहोरका कप्तान शाहीन अफ्रिदीले भने आफूलाई यसबारे विस्तृत जानकारी नभएको र क्यामरा फुटेज हेरेपछि मात्र आधिकारिक धारणा सार्वजनिक गर्ने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण