इरान युद्धको असरः एसियामा तेल अभाव, अमेरिका र युरोपमा पनि देखिनेछ असर
सारांश
- पश्चिम एसियामा युद्धका कारण हर्मुज जलसन्धिमा इन्धन ढुवानी अवरुद्ध हुँदा विश्वभर असर परेको छ।
- इन्धनको मूल्य बढेको छ र आपूर्ति सीमित भएको छ, जसले एसियामा ठूलो असर पारेको छ र अन्यत्र पनि विस्तारै सर्दैछ।
- जेपी मोर्गनको रिपोर्ट अनुसार, अप्रिलको सुरुदेखि दक्षिणपूर्वी एसियामा सबैभन्दा ठूलो प्रभाव पर्नेछ।
हङकङ । पश्चिम एसियामा जारी युद्धका कारण प्रमुख इन्धन ढुवानी मार्ग स्ट्रेट अफ हर्मुज ठप्प प्रायः छ । विश्वको झन्डै २० प्रतिशत इन्धन ढुवानी हुने यो बाटोमा अवरुद्ध भएसँगै यसको असर विश्वभर देखिएको छ ।
इन्धनको भाउ बढेको छ भने आपूर्ति सीमित बनेको छ । देशहरूको तेल भण्डारण घट्दै गइरहेको छ । यसको असर एसियामा टड्कारो देखिन थालेको अमेरिकी बहुराष्ट्रिय लगानी बैंक जेपी मोर्गनले गत साता सार्वजनिक गरेको रिपोर्टमा दिएको छ ।
सामान्यतया, पर्सियन खाडीबाट तेल जहाजहरू एसियामा १०–२० दिनमा पुग्छन् । यहाँबाट जहाज युरोप र अफ्रिकामा पुग्न २०–३५ दिन लाग्छ । अमेरिकामा ३५–४५ दिनमा मात्रै पुग्छन् । आपूर्तिमा उत्पन्न यो अवरोधका चपेटामा एशिया परेको र विस्तारै विस्तारै यो पश्चिमतर्फ सर्दै गइरहेको प्रतिवेदनमा उल्लेख गरिएको छ स्ट्रेट अफ हर्मुजबाट अन्तिम तेल ट्यांकर फेब्रुअरी २८ मा छुटेको थियो । यीमध्ये अधिकांश आपूर्ति खपत भइसकेका छन् ।
आपूर्ति अवरोधको सबैभन्दा ठूलो धक्का विशेषगरी दक्षिण पूर्वी एसियामा पर्नेछ । यसको असरले यस क्षेत्रमा मूल्य वृद्धि र तेलको अभाव दुबै उत्पन्न भइसकेको छ । पश्चिम एशियाबाट दक्षिण पूर्वी एसियामा तेलको आपूर्ति अघिल्लो महीनाको तुलनामा यस महीना ४१ प्रतिशतले घटेको छ । त्यसपछिको प्रभाव अफ्रिकामा देखिने छ ।
अप्रिलको शुरुमा प्रभाव झनै बढ्ने बताइएको छ । स्थानीय भण्डारण स्तर र आयातमा निर्भरता अनुसार प्रभाव फरक फरक पर्न सक्ने प्रतिवेदनले भनेको छ । केन्यामा खुद्रा स्तरमा इन्धन अभाव देखिएको छ भने तान्जानियामा पर्याप्त भण्डारण रहेको जेपी मोर्गनको भनाइ छ ।
युरोपमा भने मध्य–अप्रिलसम्म असर महसुस हुन थाल्ने सम्भावना छ । यद्यपि, यहाँ ठुला भण्डारण छन् अनि अटलान्टा क्षेत्रबाट वैकल्पिक आपूर्तिको लाभ भने छ ।
सबैभन्दा पछाडि असर महसुस गर्ने भनेको अमेरिकाले हो । घरेलु उत्पादन पर्याप्त भएकोले छोटो अवधिमा यहाँ तेलको अभावको सीधा असर कम देखिन सक्नेछ । तर क्यालिफोर्निया आपूर्ति चुनौतीमा संवेदनशील छ । अमेरिकामा मूल्य उच्च रहिरहने सम्भावना पनि रिपोर्टले औँल्याएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल
-
उरुग्वेको सनसनीपूर्ण पुनरागमन: केप भर्डेविरुद्ध पहिलो हाफमा २–१ को अग्रता
-
विश्वकपमा केप भर्डेको ऐतिहासिक पहिलो गोल
-
केप भर्डेका डिफेन्डर सिड्नी लोपेज काब्रालले अर्को खेल गुमाउने
-
स्पेनलाई रोकेर विश्वलाई चकित पारेको केप भर्डे आज उरुग्वेसँग भिड्दै
-
यान्त्रिक हलो अभावले किसानलाई धान रोप्न समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण