किन साइबर ब्युरो पुगे हर्क साम्पाङ ?
सोमबार, १६ चैत २०८२, १६ : १४
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राई उजुरी बोकेर (हर्क साम्पाङ) साइबर ब्युरो पुगेका छन् । सामाजिक सञ्जालमार्फत आफूलाई ज्यान मार्ने र घर जलाउने धम्की दिने काम भएको भन्दै उनी उजुरी बोकेर ब्युरो पुगेका हुन् ।
सुनिता खड्का नामकी व्यक्तिले टिकटक लगायत सामाजिक सञ्जालमा आफू र आफ्नो परिवारलाई लक्षित गरी गालीगलौजसहित धम्की दिएको उनको उजुरीमा उल्लेख छ । उनले उक्त घटनाका प्रमाणस्वरूप भिडियो र फोटोसमेत साइबर ब्युरोमा पेश गरेको बताएका छन् ।
यस विषयलाई लिएर साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा समेत प्रतिक्रिया जनाउँदै सरकार र सम्बन्धित निकायले आफ्ना समर्थकविरुद्ध कारबाही गर्छ कि गर्दैन भन्ने प्रश्न उठाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई अनिवार्य सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन ध्यानाकर्षण
-
स्वास्थ्य बिमा बोर्डले ३६४ स्वास्थ्य संस्थालाई पठायो २ अर्ब रुपैयाँ
-
विष्णु पक्राउपछि महेश बस्नेतको टिप्पणी, ‘कुखुरा मर्यो भन्दा पनि स्याल पल्कियो’
-
लालीगुराँस र आइडियल यमुना सहकारीका थप ८२ जनाको बचत फिर्ता
-
एसईई पुनर्योगको नतिजा सार्वजनिक
-
आरजुमाथि किन भएन अभियोग दायर ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण