अमेरिकी प्रस्ताव ‘अवास्तविक’ र ‘असम्भव’ छ : इरान
सारांश
- इरानले अमेरिकाको युद्ध रोक्नका लागि प्रस्तावलाई अस्वीकार गरेको छ, जसलाई उसले अवास्तविक र अस्वीकार्य मानेको छ।
- इरानका विदेशमन्त्रीले अमेरिका र इरानबीच हालसम्म प्रत्यक्ष वार्ता नभएको र तेस्रो पक्षमार्फत मात्र सन्देश आदानप्रदान भएको बताए।
- पाकिस्तानले इरान र अमेरिकाबीच वार्ता गराउन गरेको पहललाई इरानले समर्थन गरेको छैन, जसले द्वन्द्व समाधान थप जटिल बन्ने संकेत गर्छ।
तेहरान । इरानमा एक महिनादेखि जारी युद्ध रोक्न अमेरिकाद्वारा प्रस्तुत प्रस्तावलाई इरानले कडा शब्दमा अस्वीकार गर्दै त्यसलाई अतिशय, अवास्तविक र असम्भव मागहरू समेटिएको बताएको छ । इरानका विदेश मन्त्री इस्माइल बकायीले सोमबार पत्रकार सम्मेलनमा यस्तो प्रतिक्रिया दिएका हुन् ।
उनका अनुसार द्वन्द्व अन्त्य गर्न अमेरिकाले दिएको १५ बुँदे प्रस्तावमा अधिकांश माग अव्यवहारिक र स्वीकार गर्न नसकिने खालका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दाबीसँग इरानको यो प्रतिक्रिया सिधै बाझिन्छ ।
हालसम्म इरान र अमेरिकाबिच कुनै प्रत्यक्ष वार्ता नभएको पनि बकायीले स्पष्ट पारेका छन् । ‘अहिलेसम्म हामीले अमेरिकासँग प्रत्यक्ष वार्ता गरेका छैनौँ,’ उनले भने । उनका अनुसार वासिङ्टनबाट आएका सन्देशहरू तेस्रो पक्षमार्फत मात्रै आदान प्रदान भएका छन् ।
यसैबिच पाकिस्तानले आयोजना गरेको भनिएको क्षेत्रीय बैठकमा पनि इरान सहभागी नभएको उनले जानकारी दिए । उनका अनुसार त्यस्ता बैठकहरू पाकिस्तानले आफ्नै ढाँचामा आयोजना गरेको हो । यसमा इरानले सहमति नजनाएको उनले बताए ।
पछिल्लो समय पाकिस्तानले अमेरिका र इरानबिच वार्ता गराउन पहल गर्दै आएको छ । इस्लामाबादमा भएको चार देशीय बैठकपछि पाकिस्तानले निकट भविष्यमा सम्भावित शान्ति वार्ता आयोजना गर्न तयार रहेको भनेको थियो । तर इरानबाट आएको पछिल्लो प्रतिक्रिया हेर्दा हालसम्म औपचारिक वार्ता प्रक्रिया अघि नबढेको स्पष्ट भएको छ ।
साथै अमेरिकी प्रस्तावप्रति उसको गम्भीर असहमति पनि कायमै रहेको देखिन्छ । यसले द्वन्द्व समाधानको प्रयास अझै जटिल बन्ने सङ्केत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण