स्ट्रेट अफ हर्मुजमा शुल्क लगाउने इरानी योजना स्वीकृत
सारांश
- इरानको संसदीय समितिले हर्मुज स्ट्रेट भएर आउने जाने जहाजमाथि शुल्क लगाउने योजना स्वीकृत गरेको छ।
- अमेरिका र इजरायलका जहाजहरूलाई सो स्ट्रेट भएर आवतजावत गर्न प्रतिबन्ध लगाइनेछ।
- नयाँ शुल्क प्रणाली ओमानसँगको सहकार्यमा लागू गरिने र कच्चा तेलको आवागमन घटेको छ।
तेहरान । इरानको संसदीय समितिले स्ट्रेट अफ हर्मुज भएर आउने जाने जहाजमाथि शुल्क (टोल) लगाउने योजना स्वीकृत गरेको छ ।
इस्लामिक रिभोलुशनरी गार्ड कप्र्स (आईआरजीसी)सम्बद्ध फार्स न्यूज एजेन्सीले यो जानकारी सार्वजनिक गरेको हो । अमेरिका र इजरायलका जहाजहरूलाई सो स्ट्रेट भएर आवतजावत गर्न प्रतिबन्ध लगाइने कुरा पनि राष्ट्रिय सुरक्षा आयोगका एक सदस्यलाई उद्धृत गर्दै उक्त समाचारमा भनिएको छ ।
साथै इरानविरुद्धको प्रतिबन्धमा सहभागी अन्य देशहरूका जहाजहरूलाई पनि रोक लगाउने योजना रहेको बताइएको छ ।
एएफपीका अनुसार नयाँ शुल्क प्रणाली इरानी सरकारी टेलिभिजनमार्फत घोषणा गरिएको हो, जसलाई ओमानसँगको सहकार्यमा लागू गरिने भनिएको छ ।
विश्व बजारमा पुग्ने करिब २० प्रतिशत कच्चा तेल यही स्ट्रेट भएर बाहिरिन्छ । तर युद्ध सुरु भएयता जहाजको आवागमनमा ठूलो कमी आएको छ । समुद्री तथ्याङ्क विश्लेषण गर्ने कम्पनी केप्लरका अनुसार हाल आवागमन करिब ९५ प्रतिशतले घटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेसीले बनाए विश्वकपमा १७ गोलको ऐतिहासिक रेकर्ड
-
कोशी प्रदेशको बजेट यथार्थपरक छैन, अंकगणितमै त्रुटि छ: पूर्वमुख्यमन्त्री राजेन्द्र राई
-
ठमेलमा अवाञ्छित गतिविधिमा संलग्न ७ विदेशी नागरिक पक्राउ
-
पुरानै दलहरूको बाटोमा रास्वपा, व्यवस्थापकीय कमजोरीका कारण प्रतिनिधिमाथि थपिँदै छ भार
-
थप कक्षा सञ्चालन अनुमतिको माग गर्दै निजी विद्यालय सञ्चालक आन्दोलित, दबाब दिन बालबालिका प्रयोग
-
ऐतिहासिक रेकर्ड बनाउन पेनाल्टीमा चुके मेसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण