ज्येष्ठ नागरिकमाथि अभद्र व्यवहार गर्ने युवा संघका जिल्ला अध्यक्ष पक्राउ
सारांश
- ललितपुरमा एक ज्येष्ठ नागरिकमाथि दुर्व्यवहार गरेको आरोपमा युवा संघका जिल्ला अध्यक्ष पक्राउ परेका छन्।
- चैत १५ गतेको घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि व्यापक जनआक्रोश उत्पन्न भयो र गृहमन्त्रीको ध्यानाकर्षण भयो।
- पक्राउ परेका शर्माले ज्येष्ठ नागरिकलाई अपशब्द प्रयोग गर्दै धकेलेको सीसीटीभी फुटेजमा देखिएको छ।
ललितपुर । ललितपुरमा एक ज्येष्ठ नागरिकमाथि सडकपेटीमा हिँडिरहेका बेला अभद्र व्यवहार गरेको आरोपमा एमालेको भ्रातृ संगठन युवा संघ, ललितपुरका जिल्ला अध्यक्ष रामशरण शर्मा बजगाई पक्राउ परेका छन्।
चैत १५ गतेको उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि व्यापक जनआक्रोश उत्पन्न भएको थियो र यसले गृहमन्त्रीको समेत ध्यानाकर्षण गराएको थियो ।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार, गोदावरी नगरपालिका–१०, टाखेल बस्ने ३० वर्षीय राम शरण शर्मा बजगाईलाई चैत १५ गते ललितपुर महानगरपालिका लगनखेलस्थित पाटन मानसिक अस्पतालअगाडि एक ज्येष्ठ नागरिकमाथि दुर्व्यवहार गरेको आरोपमा मंगलबार पक्राउ गरिएको हो ।
उनलाई चापागाउँबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले रातोपाटीलाई बताए। प्रहरीले शर्मालाई परिसरमा राखेर थप अनुसन्धान गरिरहेको जनाएको छ।
सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा शर्माले एक ज्येष्ठ नागरिकलाई अपशब्द प्रयोग गर्दै धकेलेको र दुर्व्यवहार गरेको देखिन्छ। यस भिडियोलाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले एमाले कार्यकर्ता र समग्र घटनाको चर्को आलोचना गरेका थिए।
घटनाको चौतर्फी आलोचना भएपछि गृहमन्त्री सुदन गुरुङले पनि यस विषयमा आफ्नो धारणा व्यक्त गरेका छन्। उनले फेसबुकमा उक्त भिडियो सेयर गर्दै लेखेका छन्, 'हरेक नागरिकलाई कसैले दुःख दिएको छ कि छैन भनेर सरकारले नजिकबाट नियालिरहेको छ। कृपया ध्यान दिनुहोला, कानुनभन्दा माथि कोही पनि छैन।'
सीसीटीभी फुटेजका अनुसार, चैत १५ गते शर्मा पार्टी अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै सीडीओ कार्यालयमा ज्ञापनपत्र बुझाएर फर्किने क्रममा यो घटना भएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरअगाडिबाटै हरायो ट्रक
-
पछिल्लो २४ घण्टामा रुपन्देहीको सैनामैनामा सबैभन्दा बढी वर्षा
-
आशिका तामाङको नाममा काटिएको १ करोड ३५ लाखको चेक बाउन्सले खैलाबैला
-
पशुपतिनाथ लगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो
-
मदन पुरस्कारका लागि १० कृतिको सूची सार्वजनिक
-
विश्वकप फुटबलकाे फाइनल खेल चलिरहेका बेला किन गयो बत्ती ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण