‘लालीबजार’मा स्वस्तिमाको जोडी विशाल
सारांश
- अभिनेत्री स्वस्तिमा खड्काको मुख्य अभिनय रहेको फिल्म 'लालीबजार' वैशाख १८ गतेदेखि प्रदर्शन हुने भएको छ।
- विशाल देवकोटा फिल्ममा स्वस्तिमाको जोडीको रूपमा डेब्यु गर्दैछन्, र उनी रंगमञ्चबाट आएका हुन्।
- फिल्ममा विशाल देवकोटा र प्रशंसा सुवेदीले डेब्यु गर्दैछन्, र यसको छायांकन बर्दियाको राजापुरमा गरिएको छ।
काठमाडौँ । अभिनेत्री स्वस्तिमा खड्काको मुख्य अभिनय रहेको फिल्म हो ‘लालीबजार’ । आगामी वैशाख १८ गतेदेखि प्रदर्शनमा आउनेमा फिल्ममा खड्काको जोडीको रूपमा विशाल देवकोटा देखिएका छन् । निर्माण पक्षले सार्वजनिक गरेको फिल्मको नयाँ पोस्टरमा उनी खड्काको जोडीमा देखिएका हुन् ।
अभिनेत्री स्वस्तिमासँग फिल्ममा देखिन पाउनु आफ्नो लागि गौरभको कुरो भएको विशाल बताउँछन् । विशाल यसै फिल्म मार्फत ठुलो पर्दामा डेब्यु गरेका हुन् । रङ्गमञ्चमा अभिनेतासँगै निर्देशकको रूपमा चिनिएका उनी अडिसनमार्फत फिल्ममा छानिएका थिएँ । उनको अभिनय कौशलताकै कारण फिल्ममा स्वस्तिमाको जोडीको रूपमा प्रस्तुत गरिएको निर्माता रवीन्द्र सिंह बानियाले बताए । ‘सानैदेखि कलाकार बन्ने इच्छा थियो, त्यही सपना पछ्याउँदै आज यहाँसम्म आइपुगेको हुँ,’ उनले भने ।
उनका अनुसार कान्तिपुर थिएटरमा मञ्चन भएको ‘मीरा’ नाटकमा अभिनय गर्दा नै फिल्म ‘लालीबजार’को टिमको ध्यान उनीतर्फ खिचिएको थियो । त्यसपछि अडिसनका विभिन्न चरण पार गर्दै उनी फिल्ममा छनोट भएका थिए । यसरी रङ्गमञ्चको अनुभवले उनलाई फिल्ममा प्रवेश गर्ने ढोका खोलेको उनले बताएका छन् ।
उनले भने, ‘मैंले लास्ट टाइम कान्तिपुर थिएटरमा एउटा प्ले गरेको थिएँ ‘मिरा’मा । त्यो प्ले हेर्न प्रदीप भट्टराई सर, रबिन दाइ अनि जेवी दाइ आउनुभएको थियो । उहाँहरूले हेरिसकेपछि एकचोटि अप्सनका लागि भनेर अफिसमा बोलाएर अडिसनको सिलसिलाहरू सुरु भएको थियो ।’
बर्दियाको राजापुरमा छायाङ्कन गरिएको फिल्ममा स्वस्तिमा र विशालका अलावा रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, विरवल चौधरी लगायतको अभिनय रहेको छ । यसै फिल्ममार्फत विशाल देवकोटाको अलावा प्रशंसा सुवेदीले पनि डेब्यु गर्दैछिन् । विशाल थियटरमा काम गरीरहेका कलाकार हुन् भने प्रशंसा जेनजी अभियानताका रूपमा चर्चित छिन् ।
यम थापाको कथा तथा निर्देशन रहेको फिल्मका कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन् भने म्याक्स दीपेश खत्री र रवीन्द्रसिंह बानियाँ निर्माता रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण