कम्बोडियाबाट ८ नेपालीको उद्धार, भिजिट भिसामा नजान दूतावासको आग्रह
सारांश
- कम्बोडियामा अवैध अनलाइन स्क्यामिङमा फसेका थप ८ नेपालीको उद्धार गरिएको छ।
- आकर्षक तलबको लोभमा कम्बोडिया पुगेका नेपालीहरू अनलाइन ठगीमा संलग्न हुन बाध्य छन्।
- दूतावासले कम्बोडिया, लाओस, म्यानमार र थाइल्याण्ड जस्ता देशहरूमा नजान आग्रह गरेको छ।
काठमाडौं । विभिन्न प्रलोभनमा परी कम्बोडिया पुगेर अवैध अनलाइन स्क्यामिङ केन्द्र तथा क्यासिनोमा फसेका थप ८ जना नेपालीको उद्धार गरिएको छ।
बैंककस्थित नेपाली राजदूतावास, कम्बोडिया सरकार र गैरआवासीय नेपाली संघ (एनआरएनए) को समन्वयमा उद्धार गरिएका उनीहरू आज स्वदेश फर्किएका हुन्।
दूतावासका अनुसार आकर्षक तलबको लोभमा भिजिट भिसामा कम्बोडिया पुगेर बन्धक बन्ने र अनलाइन ठगीमा लाग्न बाध्य हुने नेपालीहरूको संख्या बढ्दो छ। समस्यामा परेकाहरु कैयनलाई नेपाल फर्काइसकिएको छ ।
सन् २०२१ मा जम्मा १०१ जना नेपाली कम्बोडिया गएकोमा सन् २०२५ मा यो संख्या बढेर ९,६७६ पुगेको डरलाग्दो तथ्यांक दूतावासले सार्वजनिक गरेको छ।
स्क्यामिङ केन्द्रहरूले कामदारको राहदानी जफत गरिदिने गरेको गुनासो बढेपछि दूतावासले अलपत्र नेपालीलाई स्वदेश फर्काउन निःशुल्क एकतर्फी यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) जारी गर्ने व्यवस्था मिलाएको छ। दूतावासले कम्बोडियामा अलपत्र वा भिसा अवधि सकिएर बसेका नेपालीहरूलाई तत्काल राजदूतावास वा एनआरएनए कम्बोडियाका प्रतिनिधिहरूलाई सम्पर्क गर्न आग्रह गरेको छ।
साथै, दूतावासले छिटो र धेरै पैसा कमाउने लोभमा भिजिट भिसाको बहाना बनाई कम्बोडिया, लाओस, म्यानमार र थाइल्याण्ड जस्ता मुलुकमा नजान आग्रह गरेको छ।
वैदेशिक रोजगारीमा जाँदा नेपाल सरकारले तोकेको मापदण्ड पूरा गरी अनिवार्य श्रम स्वीकृति लिएर मात्र जान दूतावासले सम्पूर्ण नागरिकमा अनुरोध गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण