अपडेट
सरकारी वकिल कार्यालयमा रमेश लेखकको बयान
बुधबार, १८ चैत २०८२, १३ : ५७
सारांश
- पूर्वगृहमन्त्री रमेश लेखकको काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयमा बयान भइरहेको छ।
- लेखकलाई दुई घण्टाअघिदेखि सो कार्यालयमा बयान दिइरहेको छ।
- गौरीबहादुर कार्कीको जाँचबुझ आयोगको सिफारिसमा लेखक पक्राउ परेका थिए र आज म्याद सकिँदैछ।
काठमाडौँ । काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयमा पूर्वगृहमन्त्री रमेश लेखकको बयान भइरहेको छ । लेखकले दुई घण्टाअघिदेखि जिल्ला सरकारी वकिल कार्यालयमा बयान दिइरहेको सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख रामहरि काफ्लेले जानकारी दिए ।
गौरीबहादुर कार्कीको जाँचबुझ आयोगको कारबाहीको सिफारिसमा परेकामध्ये लेखक र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई गएको शनिबार (चैत १४) प्रहरीले पक्राउ गरेको थियो । लेखकमाथि अदालतबाट थप गरेको म्याद आज सकिँदैछ ।
जेनजी आन्दोलनमा गोली चलाउन आदेश दिएको भन्दै जाँच बुझ आयोगले उनीसहित तीन जनालाई मुलुकी अपराध संहिता २०७४ को दफा १८१ र १८२ अनुसार कारबाही गर्न सिफारिस गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण