दलको नेता चयनप्रति योगेशको गम्भीर आरोप– सांसदलाई दबाबमा राखियो
सारांश
- एमाले उपमहासचिव योगेश भट्टराईले संसदीय दलको नेता छनोट प्रक्रियाप्रति असन्तुष्टि जनाएका छन्।
- भट्टराईले निर्वाचनबाट पार्टीलाई धक्का लागेको बेला नेता छनोट प्रक्रियाले चिन्तित बनाएको बताए।
- उनले सांसदहरूलाई दबाबमा राखेर नेता चयन गरिएकोमा आपत्ति जनाए।
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले संसदीय दलको नेता छनोट प्रक्रियाप्रति असन्तुष्टि जनाएका छन् । बुधबार केन्द्रीय कार्यालय च्यासलमा बसेको संसदीय दलको बैठकले बादललाई निर्विरोध दलको नेता चयन गरेको थियो ।
सामाजिक सञ्जाल फेसबुक मार्फत भट्टराईले भर्खर सम्पन्न निर्वाचनबाट गम्भीर धक्का लागेको बेला दलको नेता छनोट प्रक्रियाले सिङ्गो पार्टी पङ्क्तिलाई चिन्तित बनाएको बताएका छन् ।
‘निर्वाचनबाट पार्टीलाई गम्भीर धक्का लागेको, पार्टी र नेतृत्वप्रति व्यापक जनगुनासो रहेको, पार्टी अध्यक्ष स्वयं गिरफ्तारीमा पर्नु भएको समग्रमा हाम्रो आन्दोलनले बहुआयामिक प्रतिकूलताको सामना गरिरहेको वर्तमान अवस्थामा नेकपा एमालेको व्यापक पुनर्गठन मार्फ़त बलियो एकता बनाउँदै जनविश्वास जागृत गर्नु पर्ने वेलामा आज नेकपा एमालेको संसदीय दलको नेता छान्न जुन तरिका र शैली अपनाइयो यसबाट सिङ्गो पार्टी पंक्तिलाई थप चिन्तित बनाएको छ’, उनले लेखेका छन् ।
केहि दिनको समय लिएर पार्टी नेतृत्व र सांसदहरूका बिचमा छलफलका माध्यमबाट उच्च स्तरको समझदारीमा पुग्नुको सट्टा सांसदहरूलाई दबाबमा राखेर जे गरियो त्यो राम्रो नभएको उनले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी प्रकरणका मुछिएका मणिन्द्रराज यसअघि कल बाइपास अपराधमा संलग्न
-
एमालेले मदन जयन्ती संगठनात्मक अभियानका साथ मनाउने
-
गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते
-
विद्युत् महसुल समायोजन तयारीः वर्षा र सुक्खायामका लागि छुट्टाछुट्टै मूल्य
-
बारामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
-
मुस्ताङ आउने विदेशी पर्यटक बढे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण