सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बिहानै प्रहरीको ‘सर्प्राइज’ मापसे चेकिङ, १६ जना चालक प्रहरीको फन्दामा

बुधबार, १८ चैत २०८२, १८ : ०२
बुधबार, १८ चैत २०८२

काठमाडौँ । काठमाडौँ उपत्यकाको सडकमा यात्रुको ज्यान जोखिममा पारेर सवारी चलाउने चालकहरूमाथि ट्राफिक प्रहरीले कडा निगरानी सुरु गरेको छ। विशेष अभियानअन्तर्गत बुधबार बिहान गरिएको ‘सर्प्राइज चेकिङ’ का क्रममा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने १६ जना चालकहरू कारबाहीमा परेका हुन्। 

ट्राफिक प्रहरीले विभिन्न स्थानमा थापेको एम्बुसमा बिहानै नसामा झुम्मिएर सवारी चलाउने चालकहरू फेला परेका हुन्। विशेष गरी सार्वजनिक यातायात र स्कुल बस जस्ता संवेदनशील क्षेत्रमा कार्यरत चालकहरू नै मापसेमा भेटिएका छन्। यसरी कारबाहीमा पर्नेहरूमा सबैभन्दा धेरै ११ वटा यात्रुवाहक सवारी साधन जस्तै भाडाका बस, विद्यालयका बस तथा भ्यान, भाडाका हायस र टेम्पोका चालकहरू रहेका छन्। यसबाहेक एउटा ट्याक्टर, दुई वटा निजी कार र दुई वटा मोटरसाइकल तथा स्कुटरका चालकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

आफू सवार सवारी साधनका चालकले लागुपदार्थ वा मादक पदार्थ सेवन गरेको अलिकति पनि शङ्का लागेमा यात्रुले तुरुन्तै नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रुमको हटलाइन नम्बर १०३ वा प्रहरीको हटलाइन नम्बर १०० मा खबर गरेर नागरिक जिम्मेवारी पूरा गर्न प्रहरीले अनुरोध गरेको छ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप