दासढुंगामा बस र ट्याङ्कर ठोक्किए
सारांश
- चितवनको दासढुंगामा बुधबार बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन्।
- वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बसले तेल ट्याङ्करलाई ठक्कर दिँदा दुर्घटना भएको हो।
- घाइतेहरूको भरतपुरस्थित अस्पतालमा उपचार भइरहेको छ, जसमा २ जनाको अवस्था गम्भीर छ।
चितवन । नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत चितवनको दासढुंगामा बुधबार दिउँसो भएको सवारी दुर्घटनामा १३ जना यात्रु घाइते भएका छन्। वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको ना ६ ख ७०३६ नम्बरको बसले सडक किनारमा रोकिराखेको ना ४ ख २५०३ नम्बरको तेल ट्याङ्करलाई ठक्कर दिँदा सो दुर्घटना भएको हो।
_njHdbcAQXd.jpg)
भरतपुर महानगरपालिका २९ स्थित दासढुंगामा अपरान्ह ३:४० बजे भएको ठक्करपछि बसमा सवार यात्रुहरू घाइते भएका हुन्। दुर्घटना लगतै इलाका प्रहरी कार्यालय जुगेडीबाट खटिएको प्रहरी टोलीले स्थानीयको सहयोगमा घाइतेहरूको उद्धार गरेको थियो।
_rOyldjtmOX.jpg)
घाइते सबैलाई उपचारका लागि भरतपुरस्थित नेशनल सिटी अस्पताल लगिएको छ। घाइते हुनेहरूमा चितवन र मकवानपुरका बासिन्दा रहेका छन्। उपचाररत १३ जनामध्ये दुई जनाको अवस्था गम्भीर रहेको र अन्यको अवस्था सामान्य तथा मध्यम रहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि बस र ट्याङ्करका दुवै चालक फरार भएकाले उनीहरूको खोजी कार्य तीव्र पारिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ। ठक्कर खाने दुवै सवारी साधन घटनास्थलमै रहे पनि सडकमा गाडीको आवतजावत भने सुचारु रहेको छ।
_kdbbnrJ73f.jpg)
_Fk2E4S81eO.jpg)
_tWcfviQ5JM.jpg)
_DWI3RY4hIH.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
जलवायु संकटको चक्रव्यूहमा नेपाल, इतिहासकै गम्भीर संकट
-
रास्वपा महाधिवेशन : आज निर्वाचन प्रक्रिया अघि नबढ्ने
-
२० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर नै चोरी !
-
व्यापार घाटा १५.६७ प्रतिशतले बढ्यो, १५७ मध्ये १२३ देशसँग घाटा
-
नाचगानमा रास्वपा महाधिवेशन प्रतिनिधि (भिडियाेसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण