निर्वाचन समीक्षा र आगामी रणनीति तय गर्दै सकियो देउवा–कोइराला पक्षको बैठक
सारांश
- शेरबहादुर देउवा र डा. शेखर कोइराला समूहको बैठक प्रतिनिधिसभा निर्वाचन र आगामी रणनीतिबारे छलफल गर्दै सम्पन्न भयो।
- बैठकले पार्टीलाई कमजोर बनाउन विधान विपरीत विशेष महाधिवेशन गराएको निष्कर्ष निकाल्यो, तर कुनै औपचारिक निर्णय गरेन।
- नेताहरूले रास्वपालाई दुई तिहाइ नजिक पुर्याउन कांग्रेसलाई कमजोर बनाइएको र केही नेता प्रयोग भएको आरोप लगाए।
काठमाडौँ । नेपाली कांग्रेसको शेरबहादुर देउवा र डाक्टर शेखर कोइराला समूहको बैठक प्रतिनिधिसभा निर्वाचन र समूहको आगामी रणनीति तय गर्दै सकिएको छ ।
मङ्गलबार र बुधबार काठमाडौँको महाराजगन्जस्थित स्मार्ट होटलमा बसेको बैठकले पार्टीलाई कमजोर गराउने उद्देश्यले केही तत्त्वले विधान विपरीत विशेष महाधिवेशन गराएको निष्कर्ष निकालेको छ। तर बैठक अनौपचारिक भएकाले कुनै औपचारिक निर्णय भने गरेन ।
बैठकको अन्तिममा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रिय स्वतन्त्र पार्टीलाई दुई तिहाई नजिक सिट ल्याउन सहज बनाउने उद्देश्यले रणनीतिक रुपमा कांग्रेसलाई कमजोर बनाइएको बताए । उनले कांग्रेसलाई अझै कमजोर बनाउने तत्वहरु क्रियाशील रहेको पनि बताए ।
अर्का नेता डाक्टर शेखर कोइरालाले नेपाललाई सक्न केही शक्तिहरू लागेको र त्यसमा कांग्रेसका केही नेताहरू प्रयोग भएको बताए। उनले प्रयोग हुने नेताहरु केही विशेष महाधिवेशन पक्षधर र केही नियमित महाधिवेशन पक्षधर रहेको पनि आरोप लगाए ।
बैठकमा नेताहरूले प्रतिनिधिसभा निर्वाचनबारे समीक्षा गरेका छन् ।
बैठकमा पूर्वउपसभापति विमलेन्द्र निधिले आफूहरू निर्वाचनमा लड्न गए पनि गगन थापालाई सभापति नमानेको बताए ।
अनौपचारिक बैठकले समूहको आगामी रणनीति समेत तय गरेको नेताहरुले बताएका छन्। विशेष महाधिवेशनविरुद्ध सर्वोच्च अदालतमा दायर गरिएको र अहिले विचाराधीन रहेको रिट आफ्नो पक्षमा पार्न पहल गर्ने बैठकमा नेताहरूले बताए ।
देउवा कोइराला समूहले आफूहरूले आधिकारिकता पाउनुपर्ने दाबी गर्दै सर्वोच्चमा दायर गरेको रिटको चैत २२ गतेका लागि पेसी तोकिएको छ।
त्यसपछि कसरी अगाडि बढ्ने भन्ने थप रणनीति तय गर्ने समूहको तयारी छ । बैठकमा अवैध विशेष महाधिवेशनबाट आएको नेतृत्वले गर्ने अवैधानिक क्रियाकलापको सशक्त रूपमा विरोध गर्ने सदस्यहरूले बताएका थिए । बुधबार खड्कालाई पार्टीको लेटर प्याड र नभएको पदको दुरुपयोग गरेकाले सचेत गराउने भन्ने निर्णयको पनि सशक्त विरोध गर्नुपर्ने नेताहरूले बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
५० वर्षभन्दा कम उमेरका मानिसमा क्यान्सर बढ्नुको कारण खराब निद्रा त होइन ?
-
१६ महिनामै फेयेनूर्डद्वारा मुख्य प्रशिक्षक भान पर्सी बर्खास्त
-
विश्वकपअघि क्रोएसियाको सुखद जित, कप्तान मोड्रिचको गोल
-
नर्वेसँग बराबरी खेल्दा मोरक्कोलाई दुई मुख्य खेलाडीको चोटको चिन्ता
-
फिलिपिन्समा ८.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प, एसियाका विभिन्न देशमा सुनामीको चेतावनी
-
राष्ट्रिय सभाका दुई समितिको बैठक आज बस्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण