एक वर्षभित्र सातै प्रदेशमा सीप मेला आयोजना गरिने
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहले आगामी एकवर्षभित्र मन्त्रालयमार्फत सातै प्रदेशमा सीप मेला आयोजना गरिने बताएका छन् ।
आज मन्त्रालयमा पत्रकार भेटघाट आयोजना गरी उनले आफ्ना कार्ययोजनाबारे जानकारी गराए । जस अन्तर्गत केही समयमै जनकपुरबाट सीप मेला सुरुवात गरेर एक वर्षभित्र सातै प्रदेशमा आयोजना गर्ने जानकारी दिए । मन्त्री साहका अनुसार दक्ष जनशक्तिले नै मुलुकको समृद्धिमा टेवा पुग्ने हुँदा स्वदेशमै रोजगार सिर्जना गर्ने मन्त्रालयको लक्ष्य छ ।
“दक्ष जनशक्ति उत्पादन गर्नु अहिलेको आवश्यकता छ, मेला सम्पन्न गर्न मन्त्रालयसँग स्रोत पर्याप्त छैन”, उनले भने, “यद्यपि सिएसआर मोडलमा जाने छौँ । प्राइभेट कम्पनी जोसँग सिएसआर फन्ड छ । उहाँहरुसँग सहकार्य गरेर काम गर्ने छौँ ।”
त्यसैगरी मन्त्रालयले हालै पाँच वटा देशसँग श्रम सम्झौता थप गर्ने तयारी गरेको उनले जानकारी दिए । उहाँले श्रमिकले सुरक्षित र व्यवस्थित कार्यस्थल पाए नपाएको बारेमा मन्त्रालयले अनुगमन गर्ने र श्रमशोषण देखिएमा कारबाहीको दायरामा ल्याउनेसमेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण